२०७९ माघ १९
February 2, 2023, Thursday

सेयर बजारमा मंगलबार करेक्सन,६१ अंकले घट्यो नेप्से

सेयर बजारमा मंगलबार करेक्सन,६१ अंकले घट्यो नेप्से

काठमाडौं : सेयर बजारमा मंगलबार करेक्सन भएको छ । नेप्से सूचकमा फराकिलो अंकको गिरावट आउँदा खरिदबिक्री रकम भने औसतमा रहेको छ । नेप्से सूचक ७९.७९ अंकले घटेर २७४९.८६ विन्दुमा अडिएको छ । ६ अर्ब ५२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । अल्पकालीन कारोबारीले नाफा बुक गरेकाले बजार प्रभावित भएको हो । २५ सय विन्दु आसपासबाट लगातारजसो बढेको बजारमा खासै ठूलो करेक्सन आएको थिएन । 

आज नेप्सेसँगै सबै उपसूचकमा पनि गिरावट भएको छ । वित्त कम्पनी उपसूचकमा सर्वाधिक ५.२९ प्रतिशत र विकास बैंक उपसूचक ५.२५ प्रतिशतले घटेको छ । यस्तै, अन्य उपसूचक ४.१२ प्रतिशत, निर्जीवन बिमा उपसूचक ३.५८ प्रतिशत, होटेल तथा पर्यटन उपसूचक ३.४५ प्रतिशत र हाइड्रोपावर उपसूचक ३.२१ प्रतिशतले गिरावट हुँदा बजारलाई लिड गर्ने बैंकिङ उपसूचक सबैभन्दा कम १.९१ प्रतिशतले घटेको छ ।

आज बजारमा नबिल बैंकले लिड गरेको छ । बैंकको २९ करोड ८२ लाखको कारोबार हुँदा सहास ऊर्जाको २५ करोड ७९ लाख र अपी पावरको २२ करोड ३६ लाखको कारोबार भएको छ । आज नेप्सेमा १८७ कम्पनीको सेयर कारोबारमा आएकोमा १७९ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ । यस्तै, सात कम्पनीको सेयर मूल्य वृद्धि हुँदा एक कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।

आज कारोबार भएका मध्ये साहस ऊर्जा, मानुषी लघुवित्त र तेह्रथुम पावर कम्पनीको सेयर मूल्य बढेर सर्किटले लेभलमा बन्द भएको छ । यस्तै,  युनिलिभर नेपालको १.७३ प्रतिशत र प्राइम कमर्सियल बैंकको सेयर मूल्य १.५७ प्रतिशतलले वृद्धि भएको छ ।

ब्याजदर र सेयर बजार बीच नकारात्मक सम्वन्ध हुने गर्दछ । ब्याजदर बढ्दा सेयर बजार घट्ने र ब्याजदर घट्दा सेयर बजार बढ्ने हुन्छ । तरलता अभावले ब्याजदर वृद्धिलाई प्रोत्साहित गर्छ भने अधिक तरलताले ब्याजदर घटाउन सहयोग गर्छ ।

Related News

व्यापारीको स्वार्थमा फेरि ब्युँताइँदै मोटरसाइकलमा दुई हेलमेट लगाउने असफल नियम
व्यापारीको स्वार्थमा फेरि ब्युँताइँदै मोटरसाइकलमा दुई हेलमेट लगाउने असफल नियम
  • २०७८ कार्तिक २३, मंगलवार १६:३५ गते

काटमाडौं, मोटरसाइकल पछाडि बस्नेले पनि अनिवार्य हेल्मेट लगाउनुपर्ने विषयमा भौतिक पूर्वाधार मन्त्रालयमा छलफल भएपछि पक्ष र विपक्षमा बहस शुरु भएको...

सूचनाको हक प्रवर्द्धन गरेर मात्रै सुशासन प्रत्याभूत गराउन सकिन्छ : प्रधानमन्त्री दाहाल
सूचनाको हक प्रवर्द्धन गरेर मात्रै सुशासन प्रत्याभूत गराउन सकिन्छ : प्रधानमन्त्री दाहाल
  • २०७८ कार्तिक २३, मंगलवार १६:३५ गते

काठमाडौ, प्रधानमन्त्री पुष्पकमल दाहालले सूचनाको हकको प्रत्याभूतिसँगै त्यसबाट समाजमा सुशासन कायम हुने बताएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा...

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेट
प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेट
  • २०७८ कार्तिक २३, मंगलवार १६:३५ गते

काठमाडौं, प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच बालुवाटारमा छलफल भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई...

TOP