काठमाडौं । वीरगंज महानगरपालिका-८ घण्टाघरबाट स्रोत नखुलेको नगद २० लाख रुपैयाँ सहित
बारा बिश्रामपुर गाउँपालिका-५ नकटुवा बस्ने ३१ वर्षीय चन्दन कुमार साहलाई सोमबार
दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
घण्टाघरबाट आदर्शनगरतर्फ जाँदै गरेको ना.४८ प ७६९१ नम्बरको मोटरसाइकललाई
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक
साहलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।
उनी उपर बैंक तथा वित्तिय संस्था सम्बन्धि ऐन, २०७३ विरुद्धको कसूरमा अनुसन्धान
अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
काठमाडौँ । फ्रान्स पठाइदिन्छु भन्दै आफूलाई ठगी गरेको भन्दै पीडित फुर्वा शेर्पा आफ्नो गुनासो लिएर मिडियामा आएकी छन् । सोलुखुम्बु...
काठमाण्डौ । मकवानपुरको राष्ट्रिय मा.वि व्यवस्थापन समितिका अध्यक्ष कृष्ण बहादुर तामाङले शिक्षकमा जागिर लगाइदिने भन्दै एक दृष्टि विहीन व्यक्तिसँग पाँच...
काठमाण्डौ । कोरोनाको महामारीका कारण विश्वले नै आर्थिक सङ्कट बेहोर्नुपर्यो । विश्वको सबै राष्ट्रमा लकडाउन थियो । लकडाउनले नेपालमा त...