२०८१ बैशाख ७
April 19, 2024, Friday

विराटनगर हाटखोलास्थित मोरङ कारागारमा कैदीबन्दीबीच झडप हुँदा छ जना घाइते

विराटनगर हाटखोलास्थित मोरङ कारागारमा कैदीबन्दीबीच झडप हुँदा छ जना घाइते

काठमाडौं । विराटनगर हाटखोलास्थित मोरङ कारागारमा कैदीबन्दीबीच झडप हुँदा छ जना घाइते भएका छन्।

चौकीदार किरण गुरुङले यातना दिएको भन्दै कैदीबन्दीहरू आन्दोलित भएका हुन् ।गुरुङको निर्देशनमा नाइके र भाइनाइकेहरूले यातना दिएको कैदीबन्दीको आरोप छ । गुरुङसहित उनको समूहका १४ जना नाइके र भाइनाइकेहरूलाई जेलभित्रैको एउटा कोठामा थुनिदिएपछि विवाद बढेको हो ।

विराटनगर कारागारका नाइके किरण गुरूङ र अर्का कैदी कात्तिक कामतको समूहबीच झडप हुँदा ६ जना कैदीबन्दी घाइते भएका निमित्त जेलर रामप्रसाद पोखरेलले जानकारी दिए । ‘किरण गुरुङ भन्ने चौकिदारको टिमविरुद्ध अर्को एउटा टिम खडा भएको रहेछ, विवाद बढेपछि झडप हुँदा छ जना घाइते भएका छन्’, उनले भने । 

Related News

महसुल नतिरेपछि सम्राट सिमेन्टको काटियो विजुली
महसुल नतिरेपछि सम्राट सिमेन्टको काटियो विजुली
  • २०७८ कार्तिक २३, मंगलवार १४:३३ गते

घोराही, वैशाख ५ गते। दाङको सतबरियामा रहेको सम्राट सिमेन्ट उद्योगले विद्युत महसुल नबुझाएपछि बिजुली काटिएको छ। सम्राट सिमेन्ट उद्योगले करिब ६...

सुप्रिम सहकारी पीडित आन्दोलित
सुप्रिम सहकारी पीडित आन्दोलित
  • २०७८ कार्तिक २३, मंगलवार १४:३३ गते

बुटवल– सुप्रिम बचत तथा सहकारी संस्थाका पीडितहरू आन्दोलनमा उत्रेका छन् । संस्थाका पूर्व अध्यक्ष गितेन्द्रबाबु राईसहितका व्यक्तिलाई पक्राउको माग गर्दै...

सल्यानमा बस दुर्घटना, थप विवरण आउन बाँकी
सल्यानमा बस दुर्घटना, थप विवरण आउन बाँकी
  • २०७८ कार्तिक २३, मंगलवार १४:३३ गते

सल्यान । सल्यानमा बस दुर्घटना भएको छ । बागचौर नगरपालिका–२, ठिनबाङ खोला पुलमा केहिबेर अघि बस दुर्घटना भएको हो । ...

TOP