२०७९ आश्विन ११
September 27, 2022, Tuesday

ईश्वर पोखरेललाई कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोलाइएपछि सिन्धुलीमा विवाद, सदरमुकाममा निषेधाज्ञा

ईश्वर पोखरेललाई कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोलाइएपछि सिन्धुलीमा विवाद, सदरमुकाममा निषेधाज्ञा

काठमाडौं ।  सिन्धुलीमा बीपी कोइराला र पुष्पलाल श्रेष्ठको सालिक अनावरण तथा सिन्धुलीगढी विजयोत्सवको प्रमुख अतिथिको विषयलाई लिएर विवाद भएको छ । 

अतिथि बनाएको विषयमा विवाद हुँदा प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।सत्तारुढ गठबन्धनमा रहेका दल र एमालेबीच विवाद हुँदा सदरमुकाम सिन्धुलीमाढी बुधबार बिहानैदेखि तनावग्रस्त बनेको छ ।

एमाले कार्यकर्ता र सत्ता गठबन्धनका कार्यकर्ताबीच झडप हुने स्थिति देखिएपछि निषेधाज्ञा जारी गरिएको जिल्ला प्रहरी प्रमुख गोविन्द थपलियाले जानकारी दिए ।

सदरमुकाम सिन्धुलीगढीस्थित खेल मैदान नजिकै बाल उद्यान पार्कको उदघाटन गर्ने र त्यहाँ बिपी कोइराला र पुष्पलाल श्रेष्ठको अर्धकदको शालिक अनावरण गर्ने कार्यक्रममा कमलामाई नगरपालिकाले प्रमुख अतिथिको रुपमा पोखरेललाई बोलाएको थियो ।

Related News

मनास्लु हिउँ पहिरोका सबै घाइतेको उद्धार
मनास्लु हिउँ पहिरोका सबै घाइतेको उद्धार
  • २०७८ कार्तिक २४, बुधबार ११:२८

काठमाडौं, मनास्लु हिउँ पहिरोमा परेर घाइते भएका ११ जनाको उद्धार गरिएको छ। सोमबार र मंगलबार बिहान गरी सबै घाइतेको उद्धार...

मनास्लुमा हिउँ पहिरो-१३ जना बेपत्ता, १० भन्दा बढी घाइते
मनास्लुमा हिउँ पहिरो-१३ जना बेपत्ता, १० भन्दा बढी घाइते
  • २०७८ कार्तिक २४, बुधबार ११:२८

काठमाडौं। गोरखाको मनास्लु हिमालमा हिउँ पहिरो जाँदा १० जनाभन्दा बढी घाइते भएका छन्। १३ जना बेपत्ता भएका छन्। चुमनुब्री गाउँपालिका...

निर्वाचन आयोगले एमाले र गठबन्धनसहित सबै दलको बन्दसूची सच्याएर पठाउन गर्यो पत्राचार
निर्वाचन आयोगले एमाले र गठबन्धनसहित सबै दलको बन्दसूची सच्याएर पठाउन गर्यो पत्राचार
  • २०७८ कार्तिक २४, बुधबार ११:२८

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत समानुपातिकतर्फको निर्वाचनमा भाग लिनका लागि ४८ वटै दलले पेस गरेको बन्दसूची नमिलेको निर्वाचन आयोगले जनाएको छ...

TOP