२०७९ मंसिर १२
November 28, 2022, Monday

गायक योगेश्वर अमात्यको बारामा रहेको जग्गाको नक्कली लालपुर्जा बनाएर १९ करोड निकालियो

गायक योगेश्वर अमात्यको बारामा रहेको जग्गाको नक्कली लालपुर्जा बनाएर १९ करोड निकालियो

काठमाडौं । गायक योगेश्वर अमात्यको बारामा रहेको जग्गाको नक्कली लालपुर्जा बनाएर १९ करोड रुपैयाँ ऋण निकालेको पाइएको छ ।

अमात्यको बारास्थित जग्गाको नक्कली लालपूर्जा बनाएर १९ करोड रूपैयाँ ठगी गरेको अभियोगमा कुमारी बैंकका कर्मचारीसहित चार जना पक्राउ परेका छन्।

सीआईबी प्रमुख डीआईजी धीरजप्रताप सिंहका अनुसार बिचौलिया कुसन प्रधानको योजनामा अमात्यको जग्गाको नक्कली लालपुर्जा बनाएर काठमाडौंका एसके महर्जन र मुक्तिलाल गौतमले कुमारी बैंकको बारा शाखाबाट १९ करोड ऋण निकाल्न सफल भएका थिए । उनीहरूले गत असारमा ऋण लिएका थिए ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा कुमारी बैंक पर्सा शाखाका जुनियर असिस्टेन्ट सोनु ठाकुर, जग्गाका मूल्यांकनकर्ता राजेश्वर चौरसिया, मुक्तिनाथ गौतम र एसकुमार महर्जन छन्।

Related News

दोलखाका १० केन्द्रमा १५ गते पुन: मतदान हुने
दोलखाका १० केन्द्रमा १५ गते पुन: मतदान हुने
  • २०७८ कार्तिक २४, बुधबार १२:२६ गते

दोलखा, दोलखा जिल्लाका १० वटा मतदान केन्द्रमा पुनः मतदानको मिति तोकिएको छ । पुनस् मतदान गराउने निर्वाचन आयोगको निर्णयअनुसार मुख्य...

समाजबादी अध्यक्ष नेपाललाई भेट्न कोटेश्वर पुगे काँग्रेस वरिष्ठ नेता पौडेल
समाजबादी अध्यक्ष नेपाललाई भेट्न कोटेश्वर पुगे काँग्रेस वरिष्ठ नेता पौडेल
  • २०७८ कार्तिक २४, बुधबार १२:२६ गते

काठमाडौ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ । उनीहरूबीच आज...

७० वर्ष भन्दा माथिका १२ जना निर्वाचित, सोविता गौतम सबैभन्दा कम उमेरकी सांसद
७० वर्ष भन्दा माथिका १२ जना निर्वाचित, सोविता गौतम सबैभन्दा कम उमेरकी सांसद
  • २०७८ कार्तिक २४, बुधबार १२:२६ गते

काठमाडौं, प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचनतर्फ युवा समूहबाट नगण्य मात्र प्रतिनिधित्व भएको छ। १६५ निर्वाचन क्षेत्रको नतिजा आउने क्रम अन्तिम चरणमा पुग्दा...

TOP