२०७९ मंसिर १२
November 28, 2022, Monday

ट्रक र बस एक आपसमा ठोकिँदा मकवानपुरमा दुई जनाको घटनास्थलमा नै मृत्यु

ट्रक र बस एक आपसमा ठोकिँदा मकवानपुरमा दुई जनाको घटनास्थलमा नै मृत्यु

काठमाडौँ । ट्रक र बस एक आपसमा ठोकिँदा मकवानपुरमा दुई जनाको घटनास्थलमा नै मृत्यु भएको छ।

जनकपुरबाट काठमाडौँतर्फ आइरहेको ना७ख ८७६ नम्बरको रात्रि बसलाई विपरीत दिशाबाट आइरहेको प्रदेश–२–०३०१ख ५०३५ नम्बरको ट्रकले गए राति हेटौँडास्थित नवलपुरमा ठक्कर दिँदा बसका दुई यात्रुको घटनास्थलमै मृत्यु भएको हो।

मृतक यात्रुको सनाखत भइनसकेको र अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता जयश्वर रिमालले जानकारी दिए।

उनले बसका घाइते १५ यात्रु र ट्रकको चालकको हेटौँडास्थित चुरेहिल र सहकारी अस्पतालमा उपचार भइरहेको बताए।रासस

Related News

७० वर्ष भन्दा माथिका १२ जना निर्वाचित, सोविता गौतम सबैभन्दा कम उमेरकी सांसद
७० वर्ष भन्दा माथिका १२ जना निर्वाचित, सोविता गौतम सबैभन्दा कम उमेरकी सांसद
  • २०७८ कार्तिक २४, बुधबार १२:१८ गते

काठमाडौं, प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचनतर्फ युवा समूहबाट नगण्य मात्र प्रतिनिधित्व भएको छ। १६५ निर्वाचन क्षेत्रको नतिजा आउने क्रम अन्तिम चरणमा पुग्दा...

जनकपुरमा विवाहपञ्चमी महोत्सव सुरु, प्रतिनिधि र प्रदेशसभाको निर्वाचनले महोत्सव ओझेलमा
जनकपुरमा विवाहपञ्चमी महोत्सव सुरु, प्रतिनिधि र प्रदेशसभाको निर्वाचनले महोत्सव ओझेलमा
  • २०७८ कार्तिक २४, बुधबार १२:१८ गते

जनकपुरधाम, विवाहपञ्चमी आउनुभन्दा एक साता अगाडीदेखि नै जनकपुरधाममा रामजानकी विवाहपञ्चमीको तयारी सुरु हुने गर्छ। पछिल्ला २/३ वर्षदेखि कोरोनाको संक्रमणको भयका...

समानुपातिकमा माओवादीलाई उछिनेर तेस्रो स्थानमा उक्लियो घण्टी
समानुपातिकमा माओवादीलाई उछिनेर तेस्रो स्थानमा उक्लियो घण्टी
  • २०७८ कार्तिक २४, बुधबार १२:१८ गते

काठमाडौ, प्रतिनिधि सभातर्फ समानुपातिकमा राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो स्थानमा उक्लिएको छ । रास्वपा नेकपा माओवादी केन्द्रलाई उछिनेर तेस्रो स्थानमा उक्लिएको...

TOP