२०८० आश्विन १४
October 1, 2023, Sunday

बामदेव गौतमले भने-अमेरिकाले एमसीसी फिर्ता लिनु राम्रो हुन्छ

बामदेव गौतमले भने-अमेरिकाले एमसीसी फिर्ता लिनु राम्रो हुन्छ

काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले अमेरिकी मिलिनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी) फिर्ता लिन सरकारसँग आग्रह गरेका छन् । 

एमसीसी सम्झौता अहिले संसदबाट पारित हुने अवस्था नदेखिएको भन्दै गौतमले फिर्ता लिन अमेरिकालाई आग्रह गरेका हुन् ।

“एमसीसी परियोजनाले नेपालको हितभन्दा पनि जनमतको विभाजनका कारण गम्भीर अहित हुने अवस्था सृजना हुने देखिएको छ । नेपालमा अहिलेको जटिल अवस्थामा जुन सरकार बनेको छ र जस्तो अवस्थामा संसद् रहेको छ, नेपाल सरकारले र संसद्ले पनि अनुमोदन गर्न सक्ने अवस्था देखिन्न । यस्तो अवस्थामा म नेपाल सरकार र संयुक्त राज्य अमेरिकी सरकारसमक्ष एमसीसी परियोजना फिर्ता गर्न बिनम्र अनुरोध गर्दछु,” विज्ञप्तिमा भनिएको छ“ यो अवस्थालाई मध्यनजर गर्दै एक पक्षीय रुपमा भए पनि मित्र राष्ट्र संयुक्त राज्य अमेरिकी सरकारलाई एमसीसी परियोजना फिर्ता लगेर नेपालको हित प्रबर्द्धन गर्न विनम्र अनुरोध गर्दछु ।”

नेपालको अवस्था मध्यनजर गरेर एकपक्षीय रपमा भए पनि एमसीसी परियोजना फिर्ता लिन गौतमले अमेरिकी सरकारलाई आग्रह गरेका छन् ।

Related News

सरकार र आन्दोलनरत राहत शिक्षकबीच पाँच बुँदे सहमति
सरकार र आन्दोलनरत राहत शिक्षकबीच पाँच बुँदे सहमति
  • २०७८ कार्तिक २४, बुधबार १८:४९ गते

सरकार र आन्दोलनरत राहत तथा बालविकास शिक्षकहरुबीच पाँच बुँदे सहमति भएको छ । शुक्रबार सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा...

स्वीट्जरल्याण्डसहित तीन मुलुकसँग द्विपक्षीय हवाई सम्झौताको तयारी
स्वीट्जरल्याण्डसहित तीन मुलुकसँग द्विपक्षीय हवाई सम्झौताको तयारी
  • २०७८ कार्तिक २४, बुधबार १८:४९ गते

नेपालले अन्तर्राष्ट्रिय हवाई सञ्जाल विस्तार गर्ने क्रममा युरोपेली मुलुक स्वीट्जरल्यान्डसहित तीन मुलुकसँग द्विपक्षीय हवाई सम्झौता गर्ने तयारी गरिरहेको संस्कृति, पर्यटन...

पशुपन्छी विकास तर्फका कार्यालयको मन्त्री भुसालले गरे छड्के अनुगमन
पशुपन्छी विकास तर्फका कार्यालयको मन्त्री भुसालले गरे छड्के अनुगमन
  • २०७८ कार्तिक २४, बुधबार १८:४९ गते

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले पशुपन्छी विकास अन्तर्गतका केन्द्रीय कार्यालयहरुको छड्के अनुगमन गरेका छन् ।...

TOP