२०७९ मंसिर २४
December 10, 2022, Saturday

बेमौसमी वर्षाका कारण डोटीमा खानेपानीको समस्या

बेमौसमी वर्षाका कारण डोटीमा खानेपानीको समस्या

काठमाडौं । बेमौसमी वर्षाका कारण यहाँका खानेपानीका मुहान बगाउँदा जिल्लावासी खोलानालाको दूषित तथा फोहर पानी पिउन बाध्य छन् । बाढीले बगाएका खानेपानीका मुहान मर्मत हुन नसक्दा अहिले जिल्लामा खानेपानीको समस्या समेत उत्पन्न भएको छ ।

जिल्ला सदरमुकामसहित यहाँका ग्रामीण बस्तीमा बाढीले खानेपानीका पाइप बगाएकाले मर्मत गर्न नसकिएका कारण स्थानीयवासी खोलाको फोहर पानी पिउन बाध्य भएको जोरायल गाउँपालिका–५ गड्सेराका डम्बरबहादुर विष्टले जानकारी दिनुभयो । यहाँका अन्य ग्रामीण बस्तीका स्थानीयवासी गाउँमा पानीका धारा सुकेपछि घण्टौँ लामो दूरीबाट पानीको जोहो गर्न थालेका छन् । गत असोज अन्तिम साता आएको बेमौसमी बाढीपहिराका काराण जिल्लाका विभिन्न बस्तीमा निर्माण गरिएका खानेपानीका मुहान तथा पाइप लाइन बगाएका कारण अहिले यहाँ शुद्ध खानेपानीको समस्या उत्पन्न भएको हो । पानीको समस्या भएपछि यहाँका नागरिक खोलानाला, कुँवाको फोहर पानी पिउन बाध्य बनेको दिपायल गैराका स्थानीयवासी भरत कामीले जानकारी दिनुभयो ।

जिल्लाको दिपायल, सिलगढी, सेरी, राजपुर, तिखा, गड्सेरा, कुमालीकोटलगायतका ठाउँमा खानेपानीको समस्या उत्पन्न भएको स्थानीयवासी बताउँछन् । गाउँमा खानेपानीको समस्या आइपरेको र खोलानालाका पानीको भरमा खानेपानीको गुजारा चलाइरहेको शिखरनगरपालिका–१ सेरीका स्थानीयवासी भक्तबहादुर विकले बताउनुभयो । वडाको दलित बस्ती सेरीगाउँमा सबैभन्दा बढी पानीको समस्या हुने गरेकोे स्थानीयवासी बताउँछन् ।

घरका एक जनाले पानी भर्नमै दिन बिताउनुपर्ने भएकाले प्रायः बालबालिका पानी भर्नका लागि घरमै बस्ने गरेको स्थानीयवासी बताउँछन् । खानेपानीका लागि बिहान ३÷४ बजेदेखि लाइन बस्नुपर्ने बाध्यता रहेको स्थानीयवासी लक्ष्मी विकले बताउनुभयो । उहाँले भन्नुभयो, “घरमा खानलाई पानी हुँदैन, आफू खान र गाईवस्तुलाई दिन पानीका लागि लाइन बस्नुपरेको छ ।” धेरैजसो बालबालिका विद्यालय नगएर पानी बोकिरहेको अवस्थामा भेटिन्छन् । पानीका लागि घण्टौँ लाइनमा बस्नुपर्ने वा दुई÷तीन घण्टाको बाटो हिँडेर खोलाको पानी ल्याउनुपर्ने बाध्यता रहेको स्थानीयवासीको गुनसो छ ।

पानीका मुहान सुक्न थालेपछि यहाँको खानेपानी तथा सरसफाइ उपभोक्त समितिले दिनमा एकपटकमात्रै पानी वितरण गर्न थालेको छ । पानी नआउँदा यहाँका होटल व्यवसायीलाई होटल सञ्चालन गर्न निकै कठिन भएको पातली होटल दिपायल पिपल्लाका सञ्चालक मोहन पातलीले बताउनुभयो । उहाँले भन्नुभयो, “धारामा पानी आउँदैन, ग्राहकलाई खाना खुवाउन पनि समस्या भएको छ ।” होटलमा पानीको समस्या उत्पन्न भएपछि यहाँका कतिपय होटल व्यवसायी गाडी रिर्जभ गरेर खोला तथा नदीको पानी ल्याएर काम चलाउन थालेका छन् ।रासस

Related News

त्रिविले अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गरेर नेपालको शिर उच्च बनायो : प्रभानमन्त्री देउवा
त्रिविले अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गरेर नेपालको शिर उच्च बनायो : प्रभानमन्त्री देउवा
  • २०७८ कार्तिक २४, बुधबार १०:१३ गते

काठमाडौ, प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालयले नेपालको शैक्षिक विकासमा महत्वपूर्ण योगदान पुरयाएको बताएका छन् । आज पुल्चोक क्याम्पसमा आयोजित त्रिभुवन...

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रलाई सर्वोच्च प्रवेशमा रोक, अन्तरिम आदेश जारी
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रलाई सर्वोच्च प्रवेशमा रोक, अन्तरिम आदेश जारी
  • २०७८ कार्तिक २४, बुधबार १०:१३ गते

काठमाडौ, निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा सर्वोच्च प्रवेश गर्न नपाउने भएका छन्। उनलाई नियमित काममा फर्किन रोक लगाउन माग गर्दै परेको...

जबरालाई सफाइ दिने निर्णयविरुद्धको रिटमाथि बहस सकियो, न्यायाधीशहरू छलफलमा
जबरालाई सफाइ दिने निर्णयविरुद्धको रिटमाथि बहस सकियो, न्यायाधीशहरू छलफलमा
  • २०७८ कार्तिक २४, बुधबार १०:१३ गते

काठमाडौं, महाभियोग प्रस्ताव आएपछि गत फागुन–१ देखि निलम्बनमा रहेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सफाइ दिने गरी पत्र दिने निर्णयविरुद्धको रिटमातिथको बहस...

TOP