२०७९ माघ १९
February 2, 2023, Thursday

महाकालीमा बेपत्ता जयसिंह परिवारलाई आर्थिक सहयोग हस्तान्तरण

महाकालीमा बेपत्ता जयसिंह परिवारलाई आर्थिक सहयोग हस्तान्तरण

काठमाडौं । गत साउन १५ गते महाकाली नदीमा बेपत्ता भएका जयसिंह धामीको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । सुदूरपश्चिम समाज मेरिल्यान्ड अमेरिकाले बेपत्ता जयसिंह परिवारलाई रु दुई लाख आर्थिक सहयोग हस्तान्तरण गरेको हो ।

फारवेस्ट राइडरको सहआयोजनामा सदरमुकाम खलङ्गामा आयोजित एक कार्यक्रममा राइडरका सुदूरपश्चिम अध्यक्ष भरतविक्रम शाहले जयसिंह धामीका श्रीमती राजन्ती धामीलाई सो सहयोग रकम हस्तान्तरण गर्नुभएको हो ।

मेरिल्यान्ड अमेरिकाका अध्यक्ष दमनविक्रम शाहको अगुवाइमा धामी परिवारका लागि राहत रकम सङ्कलन भएको थियो । बेपत्ता जयसिंह धामीका एक छोरा र एक छोरीको पढाइलेखाइमा सहयोग पुगोस् भन्नका लागि रकम सङ्कलन गरी हस्तान्तरण गरिएको अध्यक्ष शाहले बताउनुभयो ।

सहयोग रकमलाई सही ठाउँमा सदुपयोग गर्नसमेत उहाँले आग्रह गर्नुभयो । रकम पाएपछि राजन्ती खुसी र भावुक बनेका थिए ।

Related News

व्यापारीको स्वार्थमा फेरि ब्युँताइँदै मोटरसाइकलमा दुई हेलमेट लगाउने असफल नियम
व्यापारीको स्वार्थमा फेरि ब्युँताइँदै मोटरसाइकलमा दुई हेलमेट लगाउने असफल नियम
  • २०७८ कार्तिक २४, बुधबार १५:४६ गते

काटमाडौं, मोटरसाइकल पछाडि बस्नेले पनि अनिवार्य हेल्मेट लगाउनुपर्ने विषयमा भौतिक पूर्वाधार मन्त्रालयमा छलफल भएपछि पक्ष र विपक्षमा बहस शुरु भएको...

सूचनाको हक प्रवर्द्धन गरेर मात्रै सुशासन प्रत्याभूत गराउन सकिन्छ : प्रधानमन्त्री दाहाल
सूचनाको हक प्रवर्द्धन गरेर मात्रै सुशासन प्रत्याभूत गराउन सकिन्छ : प्रधानमन्त्री दाहाल
  • २०७८ कार्तिक २४, बुधबार १५:४६ गते

काठमाडौ, प्रधानमन्त्री पुष्पकमल दाहालले सूचनाको हकको प्रत्याभूतिसँगै त्यसबाट समाजमा सुशासन कायम हुने बताएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा...

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेट
प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेट
  • २०७८ कार्तिक २४, बुधबार १५:४६ गते

काठमाडौं, प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच बालुवाटारमा छलफल भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई...

TOP