काठमाडौँ । ३८० वर्षदेखि निरन्तर रुपमा सञ्चालन भइरहेको ललितपुरको ऐतिहासिक कात्तिक नाच आजदेखि सुरु हुँदैछ ।
राजा सिद्धिनरसिंह मल्लको पालादेखि चल्दै आएको नाच विगतका केही वर्षहरुमा २७ दिनसम्म देखाइएको भएता पनि यसवर्ष बजेट अभाव, कोरोना भाइरस सङ्क्रमणका कारण नाच तयारी एवम् अभ्यासको लागि पर्याप्त समय अभावका कारण ८ दिन मात्र सञ्चालन गरिने कात्तिक नाच संरक्षण समितिले जनाएको छ ।
गएको वर्ष कोरोना सङ्क्रमणका कारण दर्शकविना दुई दिनमात्र नाच सञ्चालन गरिएको थियो । आउँदो मंसिर १ गतेसम्म मङ्गलबजारको कात्तिक डबलीमा बेलुकी ७ बजे नाच देखाइनेछ । हरेक दिनको नाचको लागि पाटन दरबार क्षेत्रमा रहेको नासल चोकमा ९० जना कलाकार भेला भएर नाचको तयारीमा व्यस्त हुने गर्दछन् ।
विशेष गरेर कृष्ण लिलामा आधारित नाचमा दिनैपिच्छे फरक फरक नाचहरु देखाइने गरिन्छ । नाचमा दैत्य जगाउने परम्परा छ । आज सुदामा नाच देखाएर सुरु हुने कात्तिक नाच मंसिर १ गते नृसिंह अवतार देखाएर समापन गरिनेछ।
यस नाचमा राजोपाध्याय, श्रेष्ठ, प्रधान, अमात्य, जोशी, मल्ल लगायत नेवार समुदाय भित्रको विभिन्न जातको प्रतिनिधित्व हुने गर्दछ । नेपाल संवत् ७६१ सालदेखि निरन्तर प्रदर्शन भइरहेको नाच यसपालि ३८१ वर्ष पुगेको छ ।
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ( एकीकृत समाजवादी ) निकट युवा संघ नेपालले `राष्ट्रिय श्रम अभियान´ को सुरु गरेकोछ। आज...
काठमाडौ ! एकैपटक चारजना ब्यक्तिको मृगौला साटासाट गरि सल्यक्रिया गर्नु भनेको निकै चुनौती पुर्ण कार्य हो । गत साता सुमेरु...
काठमाडौंका सतुंगल र चाबहिलमा आगलागी हुँदा करिब एक करोड रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । चन्द्रागिरि नगरपालिका(११ मा रहेको...