काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामाको माग गर्दै आन्दोलित वकिलहरूले बिहिबार काठमाडौं उपत्यकाभित्रका सबै अदालत र न्यायाधिकरणमा धर्ना दिँदैछन्।
नेपाल बार एशोसिएसनले घोषणा गरेको दोस्रो चरणको आन्दोलन कार्यक्रम अन्तर्गत आज बिहान १० बजेदेखि १२ बजेसम्म कालोपट्टी बाँधेर अदालत र न्यायाधिकरणमा धर्ना दिन सुरू भउकाे हाे।
नेपाल बार एशोसिएसनको अगुवाइमा यसअघि कानुन व्यवसायीहरूले सर्वोच्च अदालत परिसरमा प्रदर्शन र धर्ना दिंदै आएका थिए । बारले प्रधानन्यायाधीशलाई राजीनामा दिन अल्टिमेटम दिए पनि उनले राजीनामा नदिएपछि आन्दोलन रोकिएको छैन ।
सत्तासँग सौदाबाजी गर्ने न्यायालयलाई विवादमा पारिरहेको भन्दै सर्वोच्चका सबै न्यायाधीशहरूले पनि प्रधानन्यायाधीशको राजीनामा मागेका छन्।
काठमाडौँ – नेकपा एकीकृत समाजवादीका उपमहासचिवसमेत रहेका प्रवक्ता जगन्नाथ खतिवडाले एक घण्टाभित्र मन्त्रीमण्डल पुनार्गठन हुने बताएका छन् । पार्टीका नेताहरूलाई...
काठमाडौँ – भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०७९र८० का लागि रु ६ अर्ब हाराहारीको बजेट ल्याउने भएको छ । यही असार...
काठमाडौं । नेकपा एमाले नेता गोकुल बास्कोटाले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाललाई उनि नेता नभएर च्यातिएको टालो मात्र...