२०८० आश्विन १६
October 3, 2023, Tuesday

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

काठमाडौं ।  तेह्रथुम, १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा फेदाप गाउँपालिका-४ बस्ने २२ वर्षीय मनिष राईलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

ती किशोरीलाई राईले मंगलबार जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी सम्दुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । धनुषा, १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा शहिदनगर नगरपालिका-४ ननुपटी बस्ने २७ वर्षीय बिजय मुखियालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

मुखिया र सोही ठाउँ बस्ने २८ वर्षीय संजय साह समेतले ती किशोरीलाई मंगलबार राति जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय यदुकुहाबाट खटिएको प्रहरीले मुखियालाई पक्राउ गरेको हो । हाल फरार साहको प्रहरीले खोजी गरिरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Related News

गुण्डानाईकेले हत्या गरेका चेतन मानन्धरको परिवार डर त्रासमा (भिडिओ सहित )
गुण्डानाईकेले हत्या गरेका चेतन मानन्धरको परिवार डर त्रासमा (भिडिओ सहित )
  • २०७८ कार्तिक २५, बिहीबार १२:३९ गते

बाँके प्रहरीले गत सोमबार दिउँसो सुर्खेतरोडमा भएको हत्या प्रकरणमा संलग्नलाई पक्राउ गरी सार्वजनिक गरेको थियो । चेतनको हत्या गर्न नेपालगञ्जको...

न्युरोडमा गएराति अज्ञात समूहद्वारा एक युवकको हत्या
न्युरोडमा गएराति अज्ञात समूहद्वारा एक युवकको हत्या
  • २०७८ कार्तिक २५, बिहीबार १२:३९ गते

 काठमाडौं न्युरोडमा गएराति ११ बजे अज्ञात समूहले धारिलो हतियार प्रहार गरी एक युवकको हत्या गरेको छ ।इन्द्रजात्रा हेर्न न्युरोड पुगेका...

दिनदहाडै खुँडा हानेर युवकको हत्या गर्ने गुण्डालाई आममाफी विरुद्धमा भोलि माइतीघर मण्डलामा रिले अनशन बस्ने
दिनदहाडै खुँडा हानेर युवकको हत्या गर्ने गुण्डालाई आममाफी विरुद्धमा भोलि माइतीघर मण्डलामा रिले अनशन बस्ने
  • २०७८ कार्तिक २५, बिहीबार १२:३९ गते

नेपाल भन्ने देशमा हत्यारालाइ आम माफी दिने प्रचलन बढे सङ्गै सर्वसाधारणमा डर अनि त्रास फैलिन थाले पछि यो रिले अनशन...

TOP