काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले नेत्रविक्रम चन्द (विप्लव) समूह माओवादी केन्द्रमा नै फर्किने विश्वास व्यक्त गरेका छन्।
पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले माओवादी आन्दोलनलाई विभाजित गरेर गएका किरण र विप्लवहरू छिट्टै पार्टीमा फर्किने बताएका हुन् ।
‘ढिलो छिटो किरण, बाबुराम भट्टराई, विप्लवजी पनि आउनुहुन्छ,’ उनले भने, ‘साथीहरूसँग हात मिलाउन र अंकमाल गर्ने दिनको प्रतीक्षामा छु ।’
प्रचण्डले किरण र विप्लवहरूसँग पार्टी एकता गर्ने विषयमा छलफल भइरहेको पनि बताए । ‘ किरणजी, विप्लवजीहरूसँग कुरा भइरहेको छ । अब अलग बसेर होइन सबै एकै ठाउँमा बसेर माओवादी आन्दोलनलाई अगाडि बढाउनुपर्छ,’ उनले भने ।
हेटौंडा, बागमती प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । प्रदेश सभालाई सम्बोधन गर्दै नेकपा एमाले संसदीय दलका नेता एवं आर्थिक...
काठमाडौं, जनसंख्याको वितरणमा तराई क्षेत्रको हिस्सा बढ्दै जाँदा पहाड र हिमालको जनसंख्या भने खुम्चँदै गएको छ । आज शुक्रबार सार्वजनिक...
पोखरा, गण्डकी प्रदेश सरकारको मुख्य साझेदार नेकपा माओवादी केन्द्रले एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। समर्थन फिर्तासँगै दुई...