२०७९ चैत्र ९
March 23, 2023, Thursday

टर्कीमा कोरोनाको सङ्क्रमण झन् बढ्यो, एकैदिन करिब २५ हजार सङ्क्रमित

टर्कीमा कोरोनाको सङ्क्रमण झन् बढ्यो, एकैदिन करिब २५ हजार सङ्क्रमित

काठमाडौं । टर्कीमा कोरोना भाइरसको सङ्क्रमण झन् बढेको छ । पछिल्ला केही दिनमा यहाँ सङ्क्रमण बढेको अधिकारीहरुले जनाएका छन् ।अधिकारीहरुकाअनुसार यहाँ पछिल्लो समयमा मृत्यु दर पनि बढेको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा यहाँ २४ हजार ८९८ जनामा यो सङ्क्रमण देखिएको छ ।

त्यसैगरी यहाँ गएको २४ घन्टामा मृत्यु हुनेको संख्या पनि १९७ पुगेको छ । केही समयपछि यहाँ मृत्यु हुनेको संख्यामा पनि दिन प्रतिदिन बृद्धि हुदै गएको बताइएको छ ।यहाँका अधिकारीहरुले टर्कीमा अहिलेसम्म यो सङ्क्रमणबाट ७२ हजारभन्दा बढीको ज्यान गएको बताएका छन् । टर्कीमा अहिलेसम्ममा ८३ लाखभन्दा बढी व्यक्तिमा यो सङ्क्रमण पुगेको छ ।

पछिल्ला केही हप्तामा युरोपमा यो सङ्क्रमण बढ्दै गएको देखिएको छ । अहिले यहाँ सङ्क्रमणको दर झन् बढेको अधिकारीहरुले जनाएका छन् ।विश्व स्वास्थ्य संगठनले पनि युरोप कोरोना भाइरसको पछिल्लो केन्द्र बन्दै गएको भन्दै सतर्कता अपनाउनका लागि सबैमा अपिल पनि गरेको थियो ।रासस

Related News

अफगानिस्तानमा ६ दशमलव ६ म्याग्नेच्युटको भूकम्प
अफगानिस्तानमा ६ दशमलव ६ म्याग्नेच्युटको भूकम्प
  • २०७८ कार्तिक २६, शुक्रबार १४:२८ गते

एजेन्सी, अफगानिस्तानको फैजावाद केन्द्रबिन्दू भएर शक्तिशाली भूकम्प गएको छ । ६ दशमलव ६ रेक्टर स्केलको भूकम्पको धक्का भारतको राजधानी नयाँ...

इक्वेडरमा शक्तिशाली भूकम्प, कम्तीमा १२ जनाको मृत्यु
इक्वेडरमा शक्तिशाली भूकम्प, कम्तीमा १२ जनाको मृत्यु
  • २०७८ कार्तिक २६, शुक्रबार १४:२८ गते

एजेन्सी, इक्वेडरको दक्षिणी तटीय क्षेत्रमा गएको शक्तिशाली भूकम्पमा परी कम्तीमा १२ जनाको मृत्यु भएको छ । स्थानीय समय अनुसार दिउँसो...

बैंकहरु डुब्न नदिन जस्तोसुकै काम गर्ने बाइडेनको घोषणा
बैंकहरु डुब्न नदिन जस्तोसुकै काम गर्ने बाइडेनको घोषणा
  • २०७८ कार्तिक २६, शुक्रबार १४:२८ गते

एजेन्सी, अमेरिकी राष्ट्रपति जो बाइडेनले बैंकहरूलाई डुब्नबाट जोगाउन अमेरिकाले जस्तोसुकै काम गर्न तयार रहेको बताएका छन्। बाइडेनको बयान यस्तो समयमा...

TOP