काठमाडौँ । यहि कात्तिक २ गते पहिरोसँगै आएको ढुङ्गा लागेर ज्यान गुमाएकी वडा नं ११ बल्यागडाकी ३६ वर्षीय मन्धरी बलायरको परिवारलाई शिखर नगरपालिकाले राहतस्वरुप रु एक लाख पाँच हजार प्रदान गरेको छ ।
नगरप्रमुख शीताराम जोशीसहितको टोलीले मृतकको घरमै गएर परिवारलाई उक्त रकम हस्तान्तरण गरेकोे हो । नगरपालिकाका तर्फबाट रु एक लाख र नगरपालिकाका लेखा अधिकृत रतन माझीको व्यक्तिगततर्फबाट रु पाँच हजार गरी रु एक लाख पाँच हजार हस्तान्तरण गरिएको नगरप्रमुख जोशीले जानकारी दिनुभयो । यही कात्तिक २ गते पहिरोसँगै आएको ढुङ्गा लागेर मन्धरीको मृत्यु भएको थियो । असोज ३१ देखि कात्तिक ३ गतेसम्म परेको बेमौसमी अविरल वर्षाका कारण उक्त नगरपालिकामा एक जनाको मृत्यु हुनाका साथै दर्जनौँ घरमा क्षति पुगेको थियो ।
बाढी र पहिराले सयौँ भौतिक संरचनामा क्षति पु¥याउनाका साथै हजाराँै रोपनी जमिन बगाएको थियो । नगरपालिका भित्र बाढी र पहिराले पु¥याएको क्षतिका बारेमा विवरण सङ्कलन भइरहेको र राहतका लागि आवश्यक पहल पनि भइरहेको नगरपालिकाले जनाएको छ ।रासस
सुर्खेत – कालिकोट नरहरिनाथ–९, लालु घर भई सुर्खेत वीरेन्द्रनगर नगरपालिका–४ छवि आधारभूत विद्यालयमा अध्ययनरत १४ वर्षीय विनोद विक १७ दिनदेखि...
काठमाडौं । कास्की र गोरखामा आज भूकम्पको धक्का महसुस गरिएको छ । बिहान ३ बजेर ५६ मिनेटमा कास्कीको धम्पुस आसपास...
८ असार, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ जहिले पनि भन्ने गर्छन् ‘विद्युत प्रसारण लाइनको एउटा टावर...