काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोध गर्दै विद्यार्थी संगठनहरुले नेपाल आयल निगमको कार्यालय अगाडि धर्ना दिएका छन् ।
शुक्रबार निगमको केन्द्रीय कार्यालय टेकु पुगेर विद्यार्थीले घेराउसहित नारावाजी गरेका हुन् । उनीहरूले तत्काल पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर्न माग गरेका छन् ।
मूल्यवृद्धिविरुद्ध विद्यार्थी संगठनले चरणबद्ध आन्दोलनको घोषणा गरेका छन् । यसअघि उनीहरूले मूल्यवृद्धि फिर्ता लिन माग गर्दै सरकारसमक्ष ज्ञापन पत्र बुझाएका थिए ।
धर्नामा सत्तारुढ नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी लगायत दल सम्बद्ध विद्यार्थी संगठनका नेताहरु सहभागी थिए ।
काठमाडौ, महोत्तरीबाट ११ दिन हिँडेर काठमाडौँ आई आन्दोलनरत मिटरब्याजी पीडितहरूसँग आज प्रधानमन्त्री पुष्पकमल दाहालले भेटवार्ता गर्दै छन्। न्याय खोज्दै काठमाडौँ...
काठमाडौ, आज (शनिबार) पनि देशभर मौसम बदली भएको छ भने देशका विभिन्न स्थानमा वर्षा जारी छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद्...
काठमाडौ, आसन्न प्रतिनिधिसभा उपनिर्वाचनमा उम्मेदवारी घोषणा गरेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तीनजना उम्मेदवारले आज पत्रकार सम्मेलनको आयोजना गर्दैछन् । १०...