काठमाडौं भरतपुर महानगरपालिका–४ का भीमबहादुर विश्वकर्माको हत्या आरोपमा पक्राउ परेका दुई जना पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
गत असोज २८ गते दसैंको नवमीको दिन बिहान भरतपुर-४ स्थित दुर्गा मन्दिर नजिकै स्थानीयको कुटपिटबाट विकको मृत्यु भएको थियो।
जिल्ला अदालत चितवनका स्रेस्तेदार ईश्वर आचार्यका अनुसार विकको हत्यामा संलग्न भएका सीताराम बस्नेत र दिलीप श्रेष्ठलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाएको हो । न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले उनीहरूलाई थप अनुसन्धान गर्नुपर्ने भन्दै पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।
मन्दिरमा दसैंका बेला बोका चढाउने विषयमा भीमबहादुरले सोधखोज गर्दा गालीगलौज र कुटपिट भएको मृतकको परिवारको आरोप थियो।
काठमाण्डौ । मकवानपुरको राष्ट्रिय मा.वि व्यवस्थापन समितिका अध्यक्ष कृष्ण बहादुर तामाङले शिक्षकमा जागिर लगाइदिने भन्दै एक दृष्टि विहीन व्यक्तिसँग पाँच...
काठमाण्डौ । कोरोनाको महामारीका कारण विश्वले नै आर्थिक सङ्कट बेहोर्नुपर्यो । विश्वको सबै राष्ट्रमा लकडाउन थियो । लकडाउनले नेपालमा त...
काठमाण्डौ । भारतको विहारमा घर किनिदिने भन्दै बारम्बार पैसा लिएर फरार भएको व्यक्तिलाई खोज्दै राधा देवी भुजेलले नेपाल आएकी छन्...