२०७९ चैत्र १०
March 24, 2023, Friday

विद्युत् प्राधिकरणको लापरवाहीका कारण मृत्यु भएका सुशिल घिमिरेका परिवारले दिएको उजुरी लिन बनेपा ईलाका प्रहरीले किन गर्याे इन्कार?

विद्युत् प्राधिकरणको लापरवाहीका कारण मृत्यु भएका सुशिल घिमिरेका परिवारले दिएको उजुरी लिन बनेपा ईलाका प्रहरीले किन गर्याे इन्कार?

काठमाडौँ ।  गत बुधबार बनेपा विद्युत् प्राधिकरणको लापरवाहीका कारण मृत्यु भएका सुशिल घिमिरेका परिवारले दिएको उजुरी लिन बनेपा ईलाका प्रहरी कार्यालयले इन्कार गरेको छ ।

 पनौति नगरपालिका वडा २ कुशादेवमा बत्ती बनाउन जाँदा २० वर्षीय सुशिल घिमिरेको करेण्ट लागेर मृत्यु भएको हो ।

पुरै बोलखे गाँउमानै बत्ती गएपछि पनौति नगरपालिका वडा ३ कुशादेवी बस्ने घिमिरे बत्ती बनाउन त्यहाँ गएका थिए । बुधबार साँझ स्थानीयले बनेपा विद्युत् प्राधिकरणलाई पहिले नै बत्ती काट्न जानकारी गराइसकेको थियो । प्राधिकरणलाई जानकारी गराएर ट्रान्समिटरमा बत्ती बनाउन गए पनि बिना सूचना विद्युत् प्रवाह गर्दा साँझ ६ बजे उनको मृत्यु भएको थियो । मृतक घिमिरे वाइरिङको काम गर्दै आएका थिए ।

उजुरी लिन नमानेपछि स्थानीय र प्रहरीबीच मुठभेड समेत भएको थियो । मुठभेडमा एक स्थानीय घाइते भएका मृतक परिवारका दाई सञ्जय घिमिरेले जानकारी दिए । उजुरी लिन नमानेपछि गरेपछि हिजो बिहीबार प्रहरी कार्यालय परिसर तनावग्रस्त भएको थियो । उजुरी लिन इन्कार गरे पनि स्थानीयको दवावमा प्रहरीले प्राधिकरणका कर्मचारी हरि हुमागाईलाई हिरासतमा लिएको छ ।

Related News

बागमती सरकारबाट बाहिरियो एमाले, मन्त्रीले दिए सामूहिक राजिनामा
बागमती सरकारबाट बाहिरियो एमाले, मन्त्रीले दिए सामूहिक राजिनामा
  • २०७८ कार्तिक २६, शुक्रबार १२:२१ गते

हेटौंडा, बागमती प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । प्रदेश सभालाई सम्बोधन गर्दै नेकपा एमाले संसदीय दलका नेता एवं आर्थिक...

जनगणना २०७८ : तराईमा बढ्दै, पहाड र हिमालमा घट्दै
जनगणना २०७८ : तराईमा बढ्दै, पहाड र हिमालमा घट्दै
  • २०७८ कार्तिक २६, शुक्रबार १२:२१ गते

काठमाडौं, जनसंख्याको वितरणमा तराई क्षेत्रको हिस्सा बढ्दै जाँदा पहाड र हिमालको जनसंख्या भने खुम्चँदै गएको छ । आज शुक्रबार सार्वजनिक...

गण्डकी सरकाकरलाई दिएको सर्मथन फिर्ता लियो माओवादीले, एमालेका मुख्यमन्त्री अल्पमतमा
गण्डकी सरकाकरलाई दिएको सर्मथन फिर्ता लियो माओवादीले, एमालेका मुख्यमन्त्री अल्पमतमा
  • २०७८ कार्तिक २६, शुक्रबार १२:२१ गते

पोखरा, गण्डकी प्रदेश सरकारको मुख्य साझेदार नेकपा माओवादी केन्द्रले एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। समर्थन फिर्तासँगै दुई...

TOP