काठमाडौँ । ताप्लेजुङ, मिक्वाखोला गाउँपालिका-४ थलङ बस्ने ३३ वर्षीय कमल थलङ लिम्बुलाई १ थान पेस्तोल, सोही पेस्तोलको २ राउण्ड गोली र १ थान खुकुरी सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
मेरिङदेन गाउँपालिका-६ नाल्बो खोजुङ्वा बस्ने ३० वर्षीय बिनोद नाल्बो लिम्बुलाई कमलले सानो पुरानो चापेले कन्चटमा ताकेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी थुकिम्बाबाट खटिएको प्रहरीले उनलाई उक्त हातहतियार सहित फेला पारी पक्राउ गरेको हो ।
बारा, महागढीमाई नगरपालिका-५ बगरमपुर बस्ने ४५ वर्षीय मनोज जैसवाललाई १ थान नलकटुवा पेस्तोल, सोही पेस्तोलमा लाग्ने १ थान गोली र प्रदेश ३ -०२-०१० प ७१२३ नम्बरको मोटरसाइकल सहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।
बारागढी गाउँपालिका-३ खोपवा बजारस्थित कलैया बस्ने अजय यादबलाई मनोजले कुटपिट गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बारागढीबाट खटिएको प्रहरीले उक्त हातहतियार सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
काठमाडौं महानगरपालिकाले उपत्यका बाहिर चल्ने सम्पूर्ण सवारीसाधन गोँगबुस्थित नयाँ बसपार्कबाट मात्र सञ्चालन गर्न आग्रह गरेको छ। महानगरपालिकाले आज सूचना जारी...
दाङको घोराहीमा रहेको एक इलेकट्रोनिक पसलमा आगलागी हुँदा लाखौँ मूल्य बराबरको क्षति भएको छ । घोराही उपमहानगरपालिका –१५ को शहीदगेट...
नेपाली क्रिकेट राष्ट्रिय/ टोलीका पूर्व क्रिकेटर सन्दीप लामिछाने आरोपित रहेको बालिका बलात्कार घटनाकी पीडित गौशाला-२६ को जन्म दर्ता अभिलेख वडा...