२०८० चैत्र १६
March 29, 2024, Friday

वरिष्ठ अधिवक्ता शम्भु थापाले भने-मूल ढोकाबाट छिर्न नसक्ने व्यक्ति कसरी प्रधानन्यायाधीश हुनसक्छ

वरिष्ठ अधिवक्ता शम्भु थापाले भने-मूल ढोकाबाट छिर्न नसक्ने व्यक्ति कसरी प्रधानन्यायाधीश हुनसक्छ

काठमाडौं । वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको बहिर्गमन भइसकेको दाबी गरेका छन्।

शुक्रबार सर्वोच्च परिसरमा आयोजित विरोध कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ अधिवक्ता थापाले प्रधानन्यायाधीश जबराको बहिर्गमन निश्चित भएको तर कुन हालतमा हुन्छ भन्ने मात्रै बाँकी रहेको बताएका हुन् । 

थापाले सर्वोच्चको मूल ढोकाबाट छिर्न नसक्ने व्यक्ति कसरी प्रधानन्यायाधीश हुनसक्छ भन्दै प्रश्न गरे।

वरिष्ठ अधिवक्ता थापाले महाभारतमा द्रौपतीको जस्तै न्यायको चिरहरण प्रधानन्यायाधीश जबराले गरिरहेको पनि आरोप लगाए । 

‘नेपाल बारले भनिसकेपछि तपाईँको बहिर्गमन भइसकेको छ। प्रहरी र सैनिकको चारैतिर घेरा हालेर अदालत प्रवेश गरेर तपाईँले सेवाग्राहीलाई न्याय दिन नसक्ने हुँदा तपाईँ आउनुको केही अर्थ छैन’, उनले भने, ‘आज जनताको आस्था र विश्वास भएको अदालतमा सवत्र प्रहरी राखेर प्रवेश गर्नुहुन्छ। तपाईँ  मूल गेटबाट प्रवेश गर्नुहुन्न भने तपाईँ पनि प्रधानन्यायाधीश हो र?’   

Related News

जनआन्दोलन दिवसको अवसरमा चैत २४ गते आजपाले काठमाडौंमा विशाल जनप्रदर्शन गर्ने
जनआन्दोलन दिवसको अवसरमा चैत २४ गते आजपाले काठमाडौंमा विशाल जनप्रदर्शन गर्ने
  • २०७८ कार्तिक २६, शुक्रबार १४:०७ गते

काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) बागमती प्रदेशले आगामी चैत २४ गते विशाल जनप्रदर्शनसहित प्रदेश भेला गर्ने...

समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुग्यो, साढे १७ अर्ब रुपैयाँ ठगी भएको भन्दै उजुरी
समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुग्यो, साढे १७ अर्ब रुपैयाँ ठगी भएको भन्दै उजुरी
  • २०७८ कार्तिक २६, शुक्रबार १४:०७ गते

काठमाण्डौ – सरकारले घोषणा गरेका समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुगेको छ ।  मङ्गलवारसम्म २० वटा सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरिएको भूमि...

रास्वपाबाट अलग भए रमेश खरेल
रास्वपाबाट अलग भए रमेश खरेल
  • २०७८ कार्तिक २६, शुक्रबार १४:०७ गते

रमेश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट राजीनामा दिएका छन् । केन्द्रीय सदस्य रहेका खरेल बुधबार राजीनामा बुझाएका हुन् ।...

TOP