काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा सोमबार तालिवान सुरक्षा बललाई लक्षित गरी भएको बम आक्रमणमा कम्तीमा दुई जना सर्वसाधारण घाइते भएका छन् ।
पश्चिमी काबुलको पुलिस जिल्ला ५ को कोट-ए-साङ्गी इलाकामा रहेको विवाह हल नजिकै बिहान भीडभाडको समयमा विष्फोट भएको प्रत्यक्षदर्शी मोहम्मद नाबीले सिन्ह्वालाई बताएका छन्।
विष्फोटको प्रकृति हेर्दा टाँसिने खालको बम आक्रमण थियो जुन तालिवानको गाडी त्यहाँबाट गुडिरहेको समयमा विष्फोट भएको थियो, उनले भने। उक्त घटनामा गाडीमा सवार कुनै तालिबान सदस्य प्रभावित भए नभएको भने यकिन हुन सकेको छैन। आक्रमणको अहिलेसम्म कुनै समूहले जिम्मेवारी लिएको छैन।
काबुलले अगस्टको मध्यमा तालिबानले देश कब्जा गरेपछि अफगान कार्यवाहक सरकारको बिरूद्ध इस्लामिक स्टेट आईएस सँग आबद्ध लडाकुहरूले शृङ्खलाबद्ध आतङ्ककारी हमलाहरू भोगिरहेको छ।
शनिबार पश्चिमी काबुलमा सार्वजनिक मिनिबसमा जोडिएको बम विष्फोट हुँदा एक पत्रकारको मृत्यु हुनुका साथै अन्य चार जना घाइते भएका थिए।
गोरखपुर, भारत उत्तरप्रदेशको अयोध्यामा निर्माणाधीन राममन्दिरमा राख्नका लागि भगवान् रामको मूर्ति बनाउन नेपालको कालीगण्डकीबाट उत्खनन गरी पठाएको शिला मङ्गलबार राति...
राहुल गान्धीले ‘भारत जोडो’ यात्रा पूरा गरेका छन् । उनको यो पैदल यात्रा १४६ दिन लामो रह्यो । तीमध्ये १०...
एजेन्सी, पाकिस्तानको पेशावर सहरको एक मस्जिदमा भएको विष्टफोमा परी ज्यान गुमाउनेको संख्या ५९ जना पुगेको छ । यो मस्जिद पेशावरको...