२०८० आश्विन ५
September 22, 2023, Friday

आगलागी पीडितलाई राहत तथा पुनःस्थापना गरिने

आगलागी पीडितलाई राहत तथा पुनःस्थापना गरिने

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले मुगुका आगलागी पीडितलाई राहत तथा पुनःस्थापना गरिने बताउनुभएको छ ।

आज एक प्रेस विज्ञप्ति जारी गर्दै उहाँले भन्नुभयो “मुगुको छाँयानाथ नगरपालिका– १ गमगढी बजारमा भएको आगलागीको घटनाप्रति प्रदेश सरकारको ध्यानाकर्षण भएको छ । सोमबार राति १२ बजेबाट लागेको आगलागी नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीको करिब चार घण्टाको लामो प्रयासपछि नियन्त्रणमा आए पनि अर्बौको धनमाल नष्ट भएको छ ।”

आगलागीबाट २१ घर जलेर नष्ट भएका छन् । आगो नियन्त्रणमा सहयोग गर्ने सुरक्षाकर्मीलगायत स्थानीयवासीलाई धन्यवाद दिँदै मुख्यमन्त्री शाहीले अल्पकालीन राहतको व्यवस्था मिलाउन स्थानीय प्रशासनलाई निर्देशन दिइएको र स्थानीय प्रशासनले क्षतिको विवरण सङ्कलन सुरु गरिसकेकाले सिफारिसका आधारमा तत्कालै राहत प्याकेज घोषणा गरिने विज्ञप्तिमा उल्लेख छ ।

Related News

विमानस्थलबाट अमेरिकी डलरसहित दुईजना पक्राउ
विमानस्थलबाट अमेरिकी डलरसहित दुईजना पक्राउ
  • २०७८ कार्तिक ३०, मंगलवार १२:३९ गते

काठमाडौं महानगरपालिका-९ स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ हजार अमेरिकी डलरसहित ताप्लेजुङ पाथीभरा याङवरक गाउँपालिका-७ बस्ने ३४ वर्षीय रविन इजाम समेत...

बानेश्वरमा शिक्षक र प्रहरीबीच भिडन्त
बानेश्वरमा शिक्षक र प्रहरीबीच भिडन्त
  • २०७८ कार्तिक ३०, मंगलवार १२:३९ गते

सरकारले सदनमा दर्ता गरेको शिक्षा विधेयकको विरोध गर्दै देशभरबाट काठमाडौं उत्रिएका आन्दोलनरत शिक्षक र प्रहरीबीच नयाँ बानेश्वरमा भिडन्त भएको छ।...

गोरखामा यात्रुवाहक बस एकआपसमा ठोक्कियो
गोरखामा यात्रुवाहक बस एकआपसमा ठोक्कियो
  • २०७८ कार्तिक ३०, मंगलवार १२:३९ गते

गोरखामा गोरखा दरौदी यातायातको यात्रुवाहक बस एक आपसमा ठोक्किएको छ । भीमसेन थापा गाउँपालिका–५ को बगुवामा बुधबार बिहान १० बजे...

TOP