काठमाडौं । नेपालको सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रू ५०० ले वृद्धि भएर रू ९४ हजार ८०० कायम भएको छ ।
सोमबार सुन प्रतितोला रू ९४ हजार ३०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रू ९४ हजार ३०० रहेको छ ।
अघिल्लो दिन तेजाबी सुन प्रतितोला रू ९३ हजार ८०० तोकिएको थियो । त्यस्तै आज चाँदीको मूल्य सोमबारका तुलनामा रू १० ले वृद्धि भएर रू एक हजार २९० कायम भएको महासङ्घले जनाएको छ ।
चाँदी शुक्रबार प्रतितोला रू एक हजार २८० मा कारोबार भएको थियो । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८६६ डलर आसपासमा कारोबार भइरहेको छ ।
काठमाडौँ, नेपाल–चीनबीचका दुई मुख्य नाका व्यापार तथा जनसम्पर्कका लागि खुल्ने भएका छन् । २०७२ को भूकम्प र त्यसपछि कोरोनाको प्रकोपका...
काठमाडौ, सेयरबजारमा आज १६७ कम्पनीका लगानीकर्ताले कमाएका छन्। लगातार ओरालो लागिरहेको बजार परिसूचक सोमबार १७.७० अंकले बढेर फेरि १९०६ विन्दूमा...
काठमाडौँ, मलेसियाको क्वालालम्पुरबाट काठमाडौँ आइरहेको नेपाल एयरलाइन्स र दिल्लीबाट काठमाडौँ आइरहेको एयर इन्डियाको जहाज आकाशमा झन्डै ठोक्किएको घटनामा एयर इन्डियाका...