२०७९ माघ १६
January 30, 2023, Monday

नेप्से ६९ अंकले बढ्यो, आधा दर्जन कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट

नेप्से ६९ अंकले बढ्यो, आधा दर्जन कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट

 काठमाडौं । मंगलबार सेयर बजारको परिसूचक नेप्से झण्डै ७० अंकले बढेको छ । लगातार दोस्रो दिन दोहोरो अंकले बढेको बजार परिसूचक नेप्से मंगलबार ६९.२२ अंकले बढेर २७८४.५८ को बिन्दुमा पुगेको छ । 

बजार परिसूचकसँगै आज कारोबार रकम पनि उकालो लागेको छ । आइतबार र सोमबार चार अर्बको कारोबार रकम भएकोमा आज साढे पाँच अर्ब नाघेको छ । नेप्सेमा आज एक करोड ९३ हजार २२१ कित्ता सेयर किनेबच हुँदा पाँच अर्ब ५२ करोड १६ लाख ५१ हजारको कारोबार भएको छ । आज नेप्सेमा सबैभन्दा धेरै बजार पुँजीकरण भएको नेपाद दुरसञ्चार कम्पनीसहित अपर तामाकोसी हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा नेप्से उच्च अंकले बढेको हो ।

आज नेपसेमा सबै उपसूचकमा हरियाली छाउँदा हाइड्रोपावर र अन्य  उपसूचकले लिड गरेको छ । नेपाल दूरसञ्चार कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सर्किट मूल्यमा बन्द हुँदा सोही कम्पनी रहेको अन्य उपसूचक पनि ५.९१ प्रतिशत र हाइड्रोपावर उपसूचक ५.३९ प्रतिशतले बढेको छ । यस्तै, वित्त कम्पनी उपसूचक ३.२१ प्रतिशतले वृद्धि हुँदा बजारलाई लिड गर्ने बैंकिङ उपसूचक पनि १.९० प्रतिशतले बढेको छ ।

Related News

मुगुमा हिमपातले हिमाल सेताम्य, बालीनालीलाई राहत, कृषक खुसी
मुगुमा हिमपातले हिमाल सेताम्य, बालीनालीलाई राहत, कृषक खुसी
  • २०७८ कार्तिक ३०, मंगलवार १६:३६ गते

मुग, विगतका वर्षहरूमा पुष लाग्ने बित्तिकै मुगुमा हिमपात शुरु हुन्थ्यो । हिमाल र उच्च पहाड सेताम्य हुने गर्थे । तथापि...

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा माघ १९ देखि पुनः उडान सुचारु हुने
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा माघ १९ देखि पुनः उडान सुचारु हुने
  • २०७८ कार्तिक ३०, मंगलवार १६:३६ गते

रुपन्देही, डेढ महिनादेखि बन्द रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा माघ १९ देखि पुनः उडान सुचारु गराउने तयारी भएको छ ।...

इन्जिनियरको लापरबाहीले च्याछरामा यातायात सञ्चालनमा जोखिम बढ्यो
इन्जिनियरको लापरबाहीले च्याछरामा यातायात सञ्चालनमा जोखिम बढ्यो
  • २०७८ कार्तिक ३०, मंगलवार १६:३६ गते

हुम्ला, आयोजनाका इन्जिनियर र प्रमुखले गरेको डिजाइन नै गलत हुँदा राज्यले करोडौँ भार खेप्नुपरेको छ । तर, आयोजना प्रमुखले हल्का...

TOP