काठमाडौं । संयुक्त राष्ट्रसंंघले सोमालियालाई सहायता गर्न विश्व समुदायलाई आग्रह गरेको छ । सोमालियमा चरम मात्रामा खाद्य संकट पर्न लागेको भन्दै सहयोगका लागि सो आग्रह गरेको हो । संयुक्त राष्ट्रसंंघले सोमालियामा अहिले पनि नागरिकहरुले खाद्यान्न अभावको समस्या झेलिरहेको र यो समस्या आगामी वर्ष झन् ठूलो संकटका रुपमा आउने बताएको छ ।
संयुक्त राष्ट्रसंंघले अहिले पनि विद्यमान रहेको समस्या दिन प्रतिदिन बढ्दै गएको देखिएको हो । सोमालियामा अवस्थित संयुक्त राष्ट्रसंघीय मानवीय सहायतासम्बन्धी निकायले खाद्य संकटबारे यो जानकारी गराएको हो । मानवीय सहायतासम्बन्धी सहयोगका लागि संयुक्त राष्ट्रसंघीय कार्यालय ९ओसिएचए० ले सोमालियामा आगामी सन् २०२२ को मे महिनासम्ममा खाद्यान्न अभावनको समस्या झन् बढ्ने जनाएको छ ।
सो संस्थाले सन् २०२२ को मे महिनासम्ममा कम्तीमा पनि ३५ लाख मानिसमा खाद्यान्न अभाव देखिने पाइएको जनाएको छ । लामो समयसम्म खडेरी परेका कारण नागरिक प्रभावित भएका हुन् । यसै वर्षको अप्रिलदेखि नै यहाँका मानिसले खाद्य संकट व्यहोरिरहेका छन् । आवश्यक मात्रामा पानी नपरेका कारण उब्जनी नभएकोले खाद्यान्न उत्पादन हुन सकेको छैन त्यसैले उनीहरुलाई आवश्यक सहयोग उपलब्ध गराउनुपर्ने जनाइएको छ ।
त्यसैले यहाँ खाद्यान्न सहयोग गर्न सो राष्ट्रसंघीय निकायले सहयोगका लागि विदेशी दातृसंस्था या देशहरुलाई आग्रह गरेको हो । सो निकायले यहाँको अवस्था निकै गम्भीर बन्दै गएको भन्दै तत्कालै खाद्यान्न आवश्यक सहयोग गर्न विश्व समुदायलाई आग्रह गरेको हो । रासस
काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर मोदी भारतीय जनता पार्टी (भाजपा)का सदस्य हुन् । उनको पार्टीले गरेको एउटा निर्णयले सम्पूर्ण...
काठमाडौँ – अमेरिकी राष्ट्रपति जो बाइडेन साइकलबाट लडेका छन्। शनिबार बिहान प्रथम महिला जिल बाइडेनसँग साइकल चलाउने क्रममा उनी लडेका...
काठमाडौँ – डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया पु¥याइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक कन्सल्टेन्सी व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ । बाराको...