२०७९ चैत्र १०
March 24, 2023, Friday

इजरायलका प्रधानमन्त्री भारत भ्रमणमा आउने

इजरायलका प्रधानमन्त्री भारत भ्रमणमा आउने

काठमाडौं । इजरायलका नयाँ प्रधानमन्त्री नफ्ताली बेनेट भारत भ्रमणमा आउनु हुने भएको छ ।

उहाँ कहिले आउने एकिन नभएपनि अर्को वर्ष सन् २०२२ मा आउने तयारी भइरहेको इजरायली उच्च अधिकारीले जनाएका छन् ।

“इजरायली प्रधानमन्त्रीको भारत भ्रमणका लागि हामीले काम गरिरहेका छौँ, अहिलेसम्म भ्रमणको मिति तय भएको छैन, चाँडै नै निधो हुने हाम्रो विश्वास छ,” भारतका लागि इजरायली राजदूतले भन्नुभयो ।सन् २०२२ को मध्यतिर प्रधानमन्त्री बेनेटले भारतको भ्रमण गर्नुहुने अपेक्षा गरिएको पनि राजदूत नाओर गिलोनले जानकारी दिनुभयो ।

इजरायली प्रधानमन्त्री बेनेटले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्वन्धी सम्मेलनका क्रममा ग्लास्गोमा भेटवार्ता गर्नु भएको थियो ।‘साइडलाईन’ भेटवार्ताकै क्रममा उहाँहरुबीचमा भ्रमणको कुरा उठेको र दुई पक्षीय गृहकार्यका आधारमा मिति तय गर्ने सहमती भएको उहाँले बताउनुभयो ।

पछिल्लो समयमा इजरायल र भारतकबीचमा सम्वन्ध थप बलियो बनाइ सहकार्य गर्ने बारेमा विभिन्न चरणमा छलफल भइरहेका छन् ।भारतका सेना प्रमुख एमएम नाराभाने आइतवारदेखि इजरायलको पाँच दिने भ्रमण गर्नुभएको छ ।दुई देशबीचमा सहकार्य र सम्वन्ध थप बढाउने नै भ्रमणको मुख्य उद्देश्य रहेको भारतीय सेनाले जनाएको छ ।

“भावी रणनीतिक सहकार्य र योजनाका लागि दुई देशबीचमा छलफल गर्न सेना प्रमुख जानु भएको सेनाले जनाएको छ ।भारतका विदेशमन्त्री एस जयशङ्कर र रक्षा सचिव अजय कुमारले इजरायलले भ्रमण गरेको एक हप्तापछि सेना प्रमुखले भ्रमण गर्नुभएको हो ।

रणनीतिक हिसावले महत्व राख्ने दुई देशबीचमा सम्वन्ध विस्तारका लागि भइरहेका भ्रमण, भेटवार्ता र छलफललाई अर्थ पूर्णरुपमा हेरिएको छ ।रासस

Related News

मानहानी मुद्दामा दोषी ठहर भएका राहुल गान्धीको सांसद पद पनि गयो
मानहानी मुद्दामा दोषी ठहर भएका राहुल गान्धीको सांसद पद पनि गयो
  • २०७८ मंसिर १, बुधबार १७:३१ गते

एजेन्सी, भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धीको सांसद पद गएको छ । चार वर्ष पुरानो मानहानि मुद्दामा दोषी ठहर भएको...

आपराधिक मानहानी मुद्दामा राहुल गान्धीलाई दुई वर्षको जेल सजाय
आपराधिक मानहानी मुद्दामा राहुल गान्धीलाई दुई वर्षको जेल सजाय
  • २०७८ मंसिर १, बुधबार १७:३१ गते

एजेन्सी, सुरतको तल्लो अदालतले आपराधिक मानहानि मुद्दामा कांग्रेस नेता राहुल गान्धीलाई दुई वर्षको जेल सजाय सुनाएको छ । सन् २०१९...

अफगानिस्तानमा ६ दशमलव ६ म्याग्नेच्युटको भूकम्प
अफगानिस्तानमा ६ दशमलव ६ म्याग्नेच्युटको भूकम्प
  • २०७८ मंसिर १, बुधबार १७:३१ गते

एजेन्सी, अफगानिस्तानको फैजावाद केन्द्रबिन्दू भएर शक्तिशाली भूकम्प गएको छ । ६ दशमलव ६ रेक्टर स्केलको भूकम्पको धक्का भारतको राजधानी नयाँ...

TOP