काठमाडौं । फिफा विश्वकप छनोटमा ब्राजिल र अर्जेन्टिनाले बराबरी खेल्दै अंक बाँडेका छन् ।
ब्राजिलसँग बराबरीमा रोकिएपछि अर्जेन्टिना छनाेट प्रतियाेगिताकाे ५ खेल अगावै कतार फिफा विश्वकपमा छनोट हुनबाट रोकिएको छ ।
यो खेलमा जित निकालेको भए अर्जेन्टिनाले कतार विश्वकपका लागि स्थान बनाउने थियो । तर अब उसले अरु खेलसम्म पर्खिनु पर्ने भएको छ । समूहको शीर्ष स्थानमा रहेको ब्राजिल यसअघि नै कतार विश्वकपमा छनोट भइसकेको छ । समूहको दोस्रो स्थानमा रहेको अर्जेन्टिनाको विश्वकपमा छनोट हुने सम्भावना भने बलियो छ ।
अर्जेन्टिनाको १३ खेलमा २९ अंकसहित दोस्रो स्थानमा छ । इक्वेडर १४ खेलमा २३ अंकसहित तेस्रो तथा समान खेलमा कोलोम्बिया १७ अंकसहित चौथो स्थानमा छ ।
एजेन्सी, साविक विजेता गुजरात टाइटन्सले इन्डियन प्रिमयर लिग (आईपीएल) को १६औं संस्करणको उद्घाटन खेलमा चेन्नाई सुपर किंग्सलाई ५ विकेटले पराजित...
काठमाडौ, प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताको उपाधि घरेलु टोली नेपालले जितेको छ । शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनलमा...
काठमाडौ, प्रधानमन्त्री थ्री नेसन्स कपको फाइनलमा आज आयोजक नेपाल र लाओसबीच प्रतिस्पर्धा हुँदैछ । दशरथ रंगशालामा हुने फाइनल साँझ साँढे...