२०७९ भाद्र २
August 18, 2022, Thursday

राष्ट्रिय कर दिवस २०७८ को अवसर पारेर विभिन्न क्षेत्रका कर दाताहरुलाई सम्मान

राष्ट्रिय कर दिवस २०७८ को अवसर पारेर विभिन्न क्षेत्रका कर दाताहरुलाई सम्मान

काठमाडौं । सरकारले राष्ट्रिय कर दिवस २०७८ को अवसर पारेर विभिन्न क्षेत्रका कर दाताहरुलाई सम्मान गरेको छ ।

व्यक्तिगत आयमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने करदातामा सिद्धार्थ शमशेर जबरा रहेको आन्तरिक राजस्व विभागले जनाएको छ ।

सर्वाधिक कर बुझाउनेमा नेपाल दूरसञ्चार कम्पनी परेको छ । निर्यात उद्योगतर्फ डाबर नेपालले सर्वाधिक कर बुझाएको हो । सहकारीतर्फ छिमेक लघुवित्त वित्तीय संस्था, बाणिज्य बैंकतर्फ नबिल बैंकले सबै भन्दा कर बुझाएएको छ ।

त्यस्तै वस्तु व्यापारको कारोबारमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने कम्पनीमा भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोर्स भएको छ ।

आन्तरिक राजस्व विभागले १० औँ राष्ट्रिय कर दिवसको अवसरमा गरेको कार्यक्रममा सबैभन्दा बढी तिर्ने करदाता र कार्यालयका प्रतिनिधिलाई सम्मान गरिएको थियो ।

विशेष उद्योगतर्फ एसियन पेन्टस् सम्मानित भएको छ । कृषि उद्योगतर्फ पूर्वाञ्चल एग्रो टेकले बढी कर बुझाउँदै सम्मानित भएको हो ।

अर्थमन्त्री जनार्दन शर्मा र आन्तरिक राजस्व विभागका महानिर्देशक शोभाकान्त पौडेलले बुधबार बिहान एक कार्यक्रमका बीच बढी कर तिर्ने करदाता र कार्यालयका प्रतिनिधिलाई सम्मान गरेका हुन् ।

Related News

धरानको जनता विना म कोही होइन : हर्क साम्पाङ
धरानको जनता विना म कोही होइन : हर्क साम्पाङ
  • २०७८ मंसिर १, बुधबार १०:१९

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो ५ वर्ष कार्यकालमा न निदाइकन कान गर्ने बताएका छन् । उनले आफ्नो...

प्रहरीको अ.स.इ देखि राष्ट्रिय अनुसन्धानमा जागिर लगाउने बाहानमा ठगी
प्रहरीको अ.स.इ देखि राष्ट्रिय अनुसन्धानमा जागिर लगाउने बाहानमा ठगी
  • २०७८ मंसिर १, बुधबार १०:१९

काठमाडौं । प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धानमा जागिर लगाइदिने भन्दै लाखौँ पैसा ठगी गरिएको कुरा खुल्न आएको छ । बारा...

नक्कली बिल बनाएर नक्कली गरगहना बिक्री गर्ने गिरोह सक्रिय
नक्कली बिल बनाएर नक्कली गरगहना बिक्री गर्ने गिरोह सक्रिय
  • २०७८ मंसिर १, बुधबार १०:१९

नक्कली बिल बनाएर नक्कली गरगहना बिक्री गर्ने गिरोह काठमाडौं उपत्यकालगायत मुलुकका विभिन्न शहरमा सक्रिय हुन थालेको पाइएको छ । उनीहरुले...

TOP