२०७९ चैत्र १९
April 2, 2023, Sunday

अदालतको आदेशपछि निर्वाचनको तयारी गर्दै खानेपानी संस्था

अदालतको आदेशपछि निर्वाचनको तयारी गर्दै खानेपानी संस्था

काठमाडौं । लामो समयदेखि हुन नसकेको तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको निर्वाचन हुने पक्का भएको छ । उच्च अदालत तुलसीपुरले पत्र प्राप्त भएको एक महिनाभित्रमा आर्थिक प्रतिवेदन पारित गरी खानेपानीको निर्वाचन गर्न निर्देशन गरेको छ । सोहीअनुसार संस्थाको बैठकले यही मङ्सिर १४ गते पार्सद् भेला गर्ने निर्णय गरेको छ । भेलाले आर्थिक प्रतिवेदन पारित गर्नेछ ।

सोही भेलाले नै निर्वाचनको मिति तोक्ने संस्थाका कोषाध्यक्ष सीताराम शर्माले बताउनुभयो । गत कात्तिक २५ गते संस्थामा पत्र आइपुगेकाले मङ्सिर २५ गतेभित्रै निर्वाचन गर्नुपर्ने उहाँको भनाइ छ । साथै निर्वाचनमा भाग लिनका लागि गत आर्थिक वर्षको महसुल बुझाउन अनुरोध गरिएको छ । कात्तिक १२ गतेसम्म खानेपानीको महसुल नबुझाएमा मताधिकार हुने छैन । हाल खानेपानीका आठ हजार २०० धारा छन् । संस्थाका ७१ पार्सद्मध्ये ४१ ले बहिष्कार गरेपछि अदालतमा पूर्वकर्मचारी यमुना शाहले रिट दायर गर्नुभएको थियो ।

शाहले गत फागुनमा बन्दसत्र नगरेर निर्वाचन गराउन लागेको भन्दै रिट दायर गर्नुभएको थियो । त्यसपछि संस्थाका निर्वाचन प्रभावित भएको थियो । समयमा निर्वाचन नभएको र अदालत तथा अख्तियारसम्म मुद्दा परेको भन्दै संस्थाका अध्यक्ष खेमराज वलीले नैतिकताका आधारमा पदबाट राजीनामा दिएको जानकारी गराउनुभएको थियो । त्यसपछि कर्मचारीलाई तलब खुवाउनेदेखि अन्य काम गर्न जिल्ला प्रशासन कार्यालयले कोषाध्यक्ष र लेखा प्रमुखलाई जिम्मेवारी तोकेको थियो । रिट निवेदन परेपछि फागुन २२ गते तोकिएको निर्वाचन रोक्न अदालतले आदेश गरेको थियो ।

Related News

प्रधानमन्त्री दाहाल भेट्न बालुवाटार जाँदै आन्दोलनरत मिटरब्याजी पीडित
प्रधानमन्त्री दाहाल भेट्न बालुवाटार जाँदै आन्दोलनरत मिटरब्याजी पीडित
  • २०७८ मंसिर २, बिहीबार ०९:४८ गते

काठमाडौ, महोत्तरीबाट ११ दिन हिँडेर काठमाडौँ आई आन्दोलनरत मिटरब्याजी पीडितहरूसँग आज प्रधानमन्त्री पुष्पकमल दाहालले भेटवार्ता गर्दै छन्। न्याय खोज्दै काठमाडौँ...

देशका विभिन्न स्थानमा वर्षा जारी, चट्याङ र हावाहुरीबाट बच्न मौसम बिभागको अनुरोध
देशका विभिन्न स्थानमा वर्षा जारी, चट्याङ र हावाहुरीबाट बच्न मौसम बिभागको अनुरोध
  • २०७८ मंसिर २, बिहीबार ०९:४८ गते

काठमाडौ, आज (शनिबार) पनि देशभर मौसम बदली भएको छ भने देशका विभिन्न स्थानमा वर्षा जारी छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद्...

पत्रकार सम्मेलन गर्दै रास्वपाका तीन उम्मेदवार
पत्रकार सम्मेलन गर्दै रास्वपाका तीन उम्मेदवार
  • २०७८ मंसिर २, बिहीबार ०९:४८ गते

काठमाडौ, आसन्न प्रतिनिधिसभा उपनिर्वाचनमा उम्मेदवारी घोषणा गरेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तीनजना उम्मेदवारले आज पत्रकार सम्मेलनको आयोजना गर्दैछन् । १०...

TOP