काठमाडौं । अफगान सुरक्षा बलले काबुल शहरमा इस्लामिक स्टेट आईएस वा आइएस लुकेको भनिएको ठाउँमा छापा मारेर एक जना लडाकुलाई मारेको तालिवान अधिकारीले बिहीबार जानकारी दिएका छन्।
इस्लामिक इमिरेट्सका सुरक्षा बलहरूले बुधबार राति खैरखाना जिल्लाको सराई(ए(शामली इलाकामा आइएस समूह लुकेको ठाउँलाई निशाना बनाएर एक विद्रोहीलाई मारेका छन् र अरू केहीलाई गिरफ्तार गरेका छन्, इनामुल्लाह समंगानीले आफ्नो ट्विटरमा लेखेका छन् ।
बुधबार दिउँसो काबुल शहरको प्रहरी जिल्ला १३ दशती बर्ची क्षेत्रमा भएको दुईवटा बम विष्फोटमा कम्तीमा एक जनाको मृत्यु हुनुका साथै तीन महिलासहित छ जना घाइते भएका थिए । काबुल विगत केही दिनयता हिंसात्मक घटनाको केन्द्र बनेको छ । कट्टरपन्थी आइएसले बुधबार भएको दुईवटा विष्फोटको जिम्मेवारी लिएको बताइएको छ ।रासस
आफ्ना दुई छोराविरुद्ध नागरिक जालसाजीको मुद्दा सुरु हुँदै गर्दा अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प सोमबार न्युयोर्कको एक अदालतमा उपस्थित हुँदै हुनुहुन्छ...
लगभग ३७५ वर्ष पछि भू वैज्ञानिकहरूले एक महाद्वीप पत्ता लगाएका छन्, जुन अहिलेसम्म संसारबाट लुकेको थियो। यस पछि भन्न थालिएको...
दोस्रो विश्वयुद्धमा एडोल्फ हिटलरको पार्टी नाजीका तर्फबाट लडेका युक्रेनी नागरिकलाई संसदमा आमन्त्रण गरेर उनको प्रशंसा गरेपछि विवादमा तानिएका क्यानडाको हाउस...