काठमाडौं । तीन दिन लगातार हरियाली भएको सेयर बजार बिहीबार फेरि ओरालो लागेको छ। आज परिसूचक ३२.३९ अंकले घटेर २७६९.१३ कायम भएको छ।
२२४ कम्पनीको ९८ लाख ६२ हजार ९४० कित्ता सेयर खरिदविक्रीबाट ६ अर्ब ७१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यसैगरी सेन्सेटिभ परिसुचक ३.४३ अंकले घटेर ५२२ अंकको विन्दुमा कारोबार बन्द भयो ।
बिहीबार नेप्सेका सबै उपसमूह राताम्य रहे । सबै भन्दा बढी गुमाउने उपसमूह जलविद्युत र व्यापार रह्यो ।
आज सबभन्दा धेरै कमाउने पाँच कम्पनीहरूः
मानुषी लघुवित्तः १०.०० प्रतिशत
तेह्रथुम पावर कम्पनीः ९.९९ प्रतिशत
नारायणी विकास बैंकः ६.५२ प्रतिशत
फर्स्ट माइक्रो फाइनान्स विकास बैंकः ६.४९ प्रतिशत
मन्जुश्री फाइनान्सः ३.५१ प्रतिशत
आज सबभन्दा धेरै गुमाउने पाँच कम्पनीहरूः
मैलुङ खोला जलविद्युतः -५.०३ प्रतिशत
शिवश्री हाइड्रोपावरः -४.५२ प्रतिशत
माउन्टेन इनर्जीः -४.४९ प्रतिशत
हिमालयन पावरः -४.४७ प्रतिशत
हिमालयन ऊर्जा विकासः -४.४५ प्रतिशत
हेटौंडा, बागमती प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । प्रदेश सभालाई सम्बोधन गर्दै नेकपा एमाले संसदीय दलका नेता एवं आर्थिक...
काठमाडौं, मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत २२० केभी क्षमताका दुईवटा सबस्टेसनहरुको निर्माण अन्तिम चरणमा पुगेको छ । आयोजनाअन्तर्गत...
काठमाडौं, जनसंख्याको वितरणमा तराई क्षेत्रको हिस्सा बढ्दै जाँदा पहाड र हिमालको जनसंख्या भने खुम्चँदै गएको छ । आज शुक्रबार सार्वजनिक...