काठमाडौं । नेपाली कांग्रेसको आगामी जिल्ला सभापति पदमा उम्मेदवार हुन चाहनेका लागि रु ५० हजार शुल्क तोकिएको छ ।
नेपाली कांग्रेसको बुधबार सम्पन्न कार्यसमितिको बैठकले अधिवेशन सम्पन्न गर्न खर्च उठाउने उद्देश्यले सभापतिका उम्मेदवारलाई रु ५० हजार शुल्क निर्धारण गरेको हो । केन्द्रीय निर्वाचन समितिले जिल्ला सभापतिको उम्मेदवारका लागि रु १० हजार दर्ता शुल्क निर्धारण गरेको छ । जिल्ला उपसभापति, सचिव र सहसचिवका लागि रु २५ हजार शुल्क तोकिएको छ ।
जिल्ला सभापतिका लागि रु एक लाख ५० हजार शुल्क तोक्नुपर्ने प्रस्ताव आए पनि विरोध भएपछि रु ५० हजार तोकिएको हो । महाधिवेशन प्रतिनिधिका लागि पनि रु २५ हजार शुल्क तोकिएको छ । जिल्ला कार्यसमिति सदस्यका लागि रु १० हजार शुल्क तोकिएको छ । यस्तै क्षेत्रीय सभापतिका लागि रु १५ हजार तोकिएको छ भने प्रदेश प्रतिनिधिका लागि रु १० हजार तोकिएको छ ।
कांग्रेसका जिल्ला सभापति खिमप्रसाद भुसालले यो शुल्क ऐच्छिक भएको बताउनुभयो । “जिल्ला तहको अधिवेशन सम्पन्न गर्न खर्च व्यवस्थापन गर्न उमेदवारबाटै आर्थिक सहयोग जुटाउने निर्णय भएको हो”, उहाँले भन्नुभयो, “दलित, महिला, अल्पसङ्ख्यक र पिछडिएको क्षेत्रका उमेदवारलाई भने तिर्नुपर्छ भन्ने बाध्यात्मक अवस्था छैन ।”
केन्द्रीय निर्वाचन निर्देशिकाले भने जिल्ला कार्यसमिति सभापति निर्वाचनलाई रु १० हजार, उपसभापति र सचिवका लागि रु सात हजार, सहसचिवका लागि रु छ हजार र सदस्यका लागि रु तीन हजार शुल्क तोकेको छ । यस्तै प्रदेश सभा क्षेत्रीय कार्यसमितिका लागि सभापतिलाई रु पाँच हजार, उपसभापति र सचिवलाई रु तीन हजार, सहसचिवलाई रु दुई हजार ५०० र सदस्यलाई रु दुई हजार शुल्क निर्धारण गरिएको छ । रासस
काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले पशुपन्छी विकास अन्तर्गतका केन्द्रीय कार्यालयहरुको छड्के अनुगमन गरेका छन् ।...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार चीनको छेन्दु जाँदै छन् । शुक्रबार बिहानको उडानमा प्रधानमन्त्री दाहाल तिब्बतको ल्हासाबाट छेन्दु जान लागेको...
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताका स–साना समस्या तथा मुद्दामा राहात दिलाउनु राजनीतिक दलको कर्तव्य भएको बताएका छन् ।...