२०७९ श्रावण ३०
August 15, 2022, Monday

मधेसी जनसमुदायले पाउने अधिकार को लागि निरन्तर लड्छु:प्रचण्ड

मधेसी जनसमुदायले पाउने अधिकार को लागि निरन्तर लड्छु:प्रचण्ड

काठमाडौँ । मधेसी जनताले पाउनुपर्ने अधिकार अहिलेसम्म नपाएको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बताएका छन् । अध्यक्ष दाहालले मधेसी जनसमुदायले पाउनेजति अधिकार नपाएकाले त्यो अधिकार प्राप्तिका लागि लड्ने बताए।

उनले भने, ‘मैले प्रधानमन्त्रीको रूपमा संविधान संशोधनका लागि दुई पटक प्रस्ताव दर्ता गरेँ तर पास भएन । म लडिरहन्छु जबसम्म प्रस्ताव पास हुँदैन। र, तपाईहरूले पनि मलाई साथ दिनुहुन्छ भन्ने विश्वास छ।’

बुधबार महोत्तरीको रामगोपालपुरमा स्वास्थ्य चौकी उद्घाटन गर्न आएका अध्यक्ष प्रचण्डले आफूले जनतासँग गरेको वाचा पूरा गरेको दाबी गरे।

उनले भने, ‘म स्थानीय निर्वाचनको सन्दर्भमा जनतालाई विश्वासमा लिन गाउँ–गाउँ घुमेँ र मधेसी जनताको भावनालाई नजिकबाट बुझ्ने प्रयास गरेँ । र त्यसलाई समाधान गर्न धेरै प्रयास गरेँ’, उनले अगाडि भने, ‘मैले निर्वाचनको समय भनेको थिए, यो हुलाकी राजमार्गलाई निर्माण गर्न नेपालको मात्र होइन भारतको सरकारसँग पनि कुरा गर्नेछु र मैले भारतीय प्रधानमन्त्री नरेन्द्र मादीसँग तीन पटक कुरा गरेको थिएँ। दोस्रो पटक प्रधानमन्त्री भएर भारतबाट फर्केपछि मैले सिरहामा हुलाकी राजमार्गको शिलान्यास गरेको थिएँ, अहिले बनेछ।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालले आफूले वाचा गरेको कुरा पूरा गरेको दाबी गरे । उनले आफू उपचुनावमा पिपरा आउँदा सडक धुलाम्य देखेपछि त्यस सडकलाई बनाउन पूरै तागत लगाउने भनेको र आज सडक तयार भएको दाबी गरे।

अध्यक्ष दाहालले अहिले आफू गठबन्धनमा बलियो रहेको बताए। उनले भने, ‘अहिले म प्रधानमन्त्री नभए पनि गठबन्धनमा बलियो छु, प्रधानमन्त्री बनाउने मान्छे छु।

अध्यक्ष दाहालले चुरे विनाशको सम्बन्धमा जानकारी दिँदै भने, ‘देशमा राजनीति बिग्रे सबै बिग्रन्छ, देशमा धेरै कुरा बिग्रेको थियो अहिले आएर विस्तारै सबै ठीक हुँदै छ । चुरे दोहन गर्ने, गिट्टी बालुवा घिचेर विदेश बेच्ने नीति खलनायकको थियो, केपी ओलीले । हामीले त्यसलाई रोक्यौँ।’ अब छिट्टै चुरे संरक्षणका लागि विस्तृत योजना ल्याउने उनले बताए।

अध्यक्ष दाहालले मधेसी जनसमुदायलाई सबैभन्दा बढी ठग्ने मधेसीकै सामन्त, दलाल, जमिन्दार, यहाँका ठग रहेको आरोप लगाएका छन्। उनले मधेसी जनसमुदायलाई यहाँका सामन्त, दलाल, जमिन्दारले ठगेको र पहाडमा त्यहीँका जमिन्दार, ठग, दलालले ठगेको बताए । उनले मधेस र पहाडका सबै गरिब, श्रमजीवी जनता एक भएर लडे दुनियाँको कुनै तागतले हराउन नसक्ने बताए ।

Related News

जन्मसिद्धका सन्तानलाई अब वंशजको नागरिकता
जन्मसिद्धका सन्तानलाई अब वंशजको नागरिकता
  • २०७८ मंसिर २, बिहीबार १०:५९

काठमाडौं : संविधान जारी (२०७२ असोज ३) अघि जन्मको आधारमा नेपाली नागरिकता लिएका बाबु र आमाका सन्तानले अब वंशजको नागरिकता पाउने...

ट्रोल बनाएर सामाजिक संजालमा उछित्तो काड्न थालेपछि नविना लामाले रूदै यसो भनिन् !
ट्रोल बनाएर सामाजिक संजालमा उछित्तो काड्न थालेपछि नविना लामाले रूदै यसो भनिन् !
  • २०७८ मंसिर २, बिहीबार १०:५९

काठमाडौं – एमाले सांसद नविना लामाले  आफ्नो कमजोरी स्वीकारेकी छिन्। लामाले भाबुक हुदै आफु नेपाली भाषामा कमजोर भएकाले संसद्मा बोल्ने...

बजेट निर्माणमा असम्बन्धित व्यक्ति संलग्न नभएको पूर्वअर्थमन्त्रीको बयान
बजेट निर्माणमा असम्बन्धित व्यक्ति संलग्न नभएको पूर्वअर्थमन्त्रीको बयान
  • २०७८ मंसिर २, बिहीबार १०:५९

काठमाडौँ। पूर्व अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न नरहेको बयान दिएका छन्। बिहीबार बिहान बसेको संसदीय विशेष छानबिन...

TOP