काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले प्रधानन्यायाधीश विवाद प्रकरण समाधान गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले पहल गर्ने बताएका छन् ।
नेकपा एस सुदूरपश्चिम कार्यालयको उद्घाटनका लागि धनगढी पुगेका नेपालले पत्रकारसँगको जिज्ञासामा साझा धारणा बनाएर राम्रो वातावरणमा छिटो समाधान हुनुपर्ने बताए ।
गठबन्धनमा पनि यसबारे छलफल भएको भन्दै नेता नेपालले भने, ‘यसबारे सबै पक्षको ध्यानाकर्षण गराउने निर्णय भएको छ र प्रधानमन्त्रीले यसको निम्ति आफ्नो हैसियतबाट पनि पहल गर्नुपर्छ ।’
एमालेमा रहँदा कञ्चनपुरको पहिलो पार्टी कार्यालय पनि आफैँले उद्घाटन गरेको बताउँदै उनले समाजवादीको जिल्ला पार्टी कार्यालय स्थापनाको क्रम पनि सुदूरपश्चिमबाटै सुरु भएको बताए ।
काठमाडौँ – नेकपा एकीकृत समाजवादीका उपमहासचिवसमेत रहेका प्रवक्ता जगन्नाथ खतिवडाले एक घण्टाभित्र मन्त्रीमण्डल पुनार्गठन हुने बताएका छन् । पार्टीका नेताहरूलाई...
काठमाडौँ – भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०७९र८० का लागि रु ६ अर्ब हाराहारीको बजेट ल्याउने भएको छ । यही असार...
काठमाडौं । नेकपा एमाले नेता गोकुल बास्कोटाले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाललाई उनि नेता नभएर च्यातिएको टालो मात्र...