काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरालाई अस्विकार गरेका सर्वोच्च अदालतका असन्तुष्ट १९ न्यायाधीशहरुले समानान्तर पूर्णबैठक (फूल कोर्ट)को तयारी गरेका छन् ।
१३ जना न्यायाधीशले बिहीबारका लागि फुलकोर्ट (सर्वोच्चका सबै न्यायाधीश सहभागी हुने बैठक) बोलाउन मुख्य रजिस्ट्रार लालबहादुर कुँवरलाई भनेका छन् ।
‘पूर्ण बैठकमा हामी सबै न्यायाधीश उपस्थित भएर नियमावली संशोधन गर्नेछौं भने कार्यविधीमाथि पनि निर्णय हुनेछ’ सर्वोच्च अदालतका एक न्यायाधीशले भने, ‘त्यसपछि हस्ताक्षर गर्ने ठाउँ बाँकी राखिदिएर प्रधानन्यायाधीशज्यूलाई मस्यौदा पठाइदिन्छौं र उहाँले हस्ताक्षर गरेपछि त्यो मस्यौदा मुख्यरजिष्ट्रारले प्रमाणीकरण गरेर कानून मन्त्रालय पठाउने तयारी छ ।’
न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा, प्रकाशमानसिंह राउत, सपना प्रधान मल्ल, टंकबहादुर मोक्तान, प्रकाशकुमार ढुंगाना, सुष्मालता माथेमा, हरिप्रसाद फुयाल र नहकुल सुवेदी संलग्न बैठकले त्यस्तो निर्णय गरेको हो ।
काठमाडौँ – नेकपा एकीकृत समाजवादीका उपमहासचिवसमेत रहेका प्रवक्ता जगन्नाथ खतिवडाले एक घण्टाभित्र मन्त्रीमण्डल पुनार्गठन हुने बताएका छन् । पार्टीका नेताहरूलाई...
काठमाडौँ – भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०७९र८० का लागि रु ६ अर्ब हाराहारीको बजेट ल्याउने भएको छ । यही असार...
काठमाडौं । नेकपा एमाले नेता गोकुल बास्कोटाले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाललाई उनि नेता नभएर च्यातिएको टालो मात्र...