काठमाडौं । नेपाल बार एशोसिएसनले सर्वोच्च अदालतलाई युद्धमैदानजस्तो बनाइएको भन्दै आपत्ति जनाएको छ ।
नेपाल बारद्वारा बिहीबार जारी विज्ञप्तिमा सर्वोच्च अदालतमा युद्धमा प्रयोग हुने एसएलआरजस्ता हतियार प्रवेश गराइएको उल्लेख छ ।
बार अध्यक्ष चण्डेश्वर श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा सर्वोच्च अदालत परिसरमा दंगा प्रहरीको प्रवेश बन्द गर्न पनि माग गरिएको छ । त्यसो नगरिए उक्त घटनालाई अन्तर्राष्ट्रियकरण गर्ने नेपाल बारको चेतावनी छ ।
नेपाल बार एशोसिएसनका उपाध्यक्ष ईश्वरी भट्टराईले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई अदालत प्रवेशमा रोक लगाउने आफूहरुको पूर्वनिर्धारित कार्यक्रम रहेको भन्दै दंगा प्रहरी र एसएलआरसहित प्रहरी परिचालन गरेर युद्धमैदान बनाउन खोजिएको बताए ।
हेटौंडा, बागमती प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । प्रदेश सभालाई सम्बोधन गर्दै नेकपा एमाले संसदीय दलका नेता एवं आर्थिक...
काठमाडौं, जनसंख्याको वितरणमा तराई क्षेत्रको हिस्सा बढ्दै जाँदा पहाड र हिमालको जनसंख्या भने खुम्चँदै गएको छ । आज शुक्रबार सार्वजनिक...
पोखरा, गण्डकी प्रदेश सरकारको मुख्य साझेदार नेकपा माओवादी केन्द्रले एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। समर्थन फिर्तासँगै दुई...