२०८० जेष्ठ २२
June 5, 2023, Monday

भारतीय योगगुरु रामदेव र पतञ्जली योगपिठका प्रमुख आचार्य बालकृष्ण काठमाडौंमा,पतञ्जली योगपीठको कार्यक्रममा सहभागी हुने

भारतीय योगगुरु रामदेव र पतञ्जली योगपिठका प्रमुख आचार्य बालकृष्ण  काठमाडौंमा,पतञ्जली योगपीठको कार्यक्रममा सहभागी हुने

काठमाडौं । भारतीय योगगुरु रामदेव र पतञ्जली योगपिठका प्रमुख आचार्य बालकृष्ण हिजाे काठमाडौं आइपुगेका छन् ।

आज काठमाडौंमा हुने पतञ्जली योगपीठको कार्यक्रममा सहभागी हुन् उनीहरु दुई जना काठमाडौँ आइपुगेका हुन् ।पतञ्जलीले आज हुने कार्यक्रममा दुईवटा आध्यात्मिक च्यानल लन्च गर्ने कार्यक्रम छ । रामदेवको पतञ्जली योगपीठ नेपालले पतञ्जली नेपाल टिभी र आस्था नेपाल टिभी सेटेलाइटबाट प्रशारण गर्नेगरी सञ्चालन गर्न लागेको हो ।

काठमाडौँ ओर्लिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संचारकर्मीहरुसँग कुरा गर्दै रामदेवले भारतपछि पतञ्जलीको दोस्रो गन्तव्य नेपाल भएको बताउदै टेलिभिजनका अलावा नेपालमा रिसर्च सेन्टर र कलेज विस्तार गर्ने योजना समेत रहेको बताएका छन् ।

नेपालसँग आफ्नो तीन दशकदेखिको आत्मिय सम्बन्ध रहेको उनले बताए । नेपाललाई पतञ्जलीले नयाँ सौगात दिने उनको भनाइ छ ।

Related News

राष्ट्रपतिद्वारा विभिन्न देशका लागि राजदूत नियुक्त
राष्ट्रपतिद्वारा विभिन्न देशका लागि राजदूत नियुक्त
  • २०७८ मंसिर ३, शुक्रबार ०९:२५ गते

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानबमोजिम विभिन्न मुलुकका लागि राजदूत नियुक्त गरेका छन् । राष्ट्रपतिले विभिन्न देशका लागि छ आवासीय राजदूत...

इन्दौरमा प्रधानमन्त्री प्रचण्डलाई स्वागत गर्न ‘रेड कार्पेट’ राखियो
इन्दौरमा प्रधानमन्त्री प्रचण्डलाई स्वागत गर्न ‘रेड कार्पेट’ राखियो
  • २०७८ मंसिर ३, शुक्रबार ०९:२५ गते

भारतको चारदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार इन्दौरमा भव्य स्वागत गर्ने तयारी गरिएको छ । विशेष विमानमार्फत...

लेखापरीक्षण प्रतिवेदन सार्वजनिक
लेखापरीक्षण प्रतिवेदन सार्वजनिक
  • २०७८ मंसिर ३, शुक्रबार ०९:२५ गते

नेकपा (एकीकृत समाजवादी) ले आ.व ०७८/७९ को लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गरेको छ । पार्टी गठनपछि आव ०७८/७९ को आम्दानी र...

TOP