काठमाडौं । काठमाडौंको माइतीघरमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मोटरसाइकलमा पछाडि सवार काभ्रेपलाञ्चोक घर भएका २१ वर्षीय रोमन मल्लिकारको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा माइतीघरस्थित अन्नपुर्ण न्युरो अस्पतालमा मृत्यु भएको जनाइएको छ ।
सिंहदरबारबाट बबरमहलतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०२, ०२४ प ६७७१ नम्बरको मोटरसाइकल बिहान करिब साढे २ बजे अनियन्त्रित भई पल्टिएको थियो ।
उक्त मोटरसाइकल आफैं अनियन्त्रित भइ दुर्घटना भएको प्रहरीले जनाएको छ । मोटरसाइकलसहित चालकलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले नियन्त्रणमा लिएको छ ।
काठमाडौं, नियमावली मस्यौदा समितिको सोमबार बसेको बैठकले शून्य र विशेष समयमा उठेका विषयको जवाफ सम्बन्धित मन्त्रीले सात दिनभित्रमा सदनलाई उपलब्ध...
काठमाडौं, सत्ता सहकार्य थालेको एक महिनामै प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी ओलीबीच खटपट सुरु भएको छ । पुष...
काठमाडौं, निर्वाचन आयोगले आगामी फागुन २५ गते राष्ट्रपतिको निर्वाचन गर्ने घोषणा गरेको छ । सोमबार निर्वाचन आयोगमा पत्रकार सम्मेलन गरी...