२०७९ चैत्र १८
April 1, 2023, Saturday

हाम्रो ध्यान आगामी निर्वाचनमा पार्टीलाई जिताउन केन्द्रित हुनुपर्छ: प्रकाशशरण महत

हाम्रो ध्यान आगामी निर्वाचनमा पार्टीलाई जिताउन केन्द्रित हुनुपर्छ: प्रकाशशरण महत

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले महाधिवेशनपछि पार्टीको समग्र ध्यान आगामी निर्वाचन जिताउन केन्द्रित गर्नुपर्ने बताउनुभएको छ ।

नेपाली कांग्रेसको १४औँ महाधिवेशनका क्रममा आज काठमाडौँ क्षेत्र नं ५ को प्रदेश ‘क’ र ‘ख’का प्रदेशसभा क्षेत्रीय अधिवेशनलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

सहमहामन्त्री डा महतले पार्टीको आन्तरिक निर्वाचनमा भरसक सहमतिमा नेतृत्व चयन भए अझ राम्रो हुने उल्लेख गर्दै भन्नुभयो, “यो पार्टीको अधिवेशन हो । नेतृत्वका लागि हामीबीच प्रतिस्पर्धा भइरहेको छ । तर हामीले निर्वाचनमा वास्तविक प्रतिस्पर्धा अन्य राजनीतिक दलसँग गर्नुपर्छ । निर्वाचनमा सहभागी हुने सम्पूर्ण साथीहरुलगायत निर्वाचित हुने प्रदेश समितिले आफ्नो सम्पूर्ण ध्यान आगामी निर्वाचनमा पार्टीलाई जिताउन लगाउनु पर्छ ।”

सहमहामन्त्री डा महतले नेपाली कांग्रेसको १४औँ महाधिवेशनका क्रममा विभिन्न तहको नेतृत्वका लागि प्रतिस्पर्धा गर्नुभएका प्रतिनिधिहरुलाई सम्बोधन गर्दै पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धालाई खेलको जसरी सहज रुपमा लिन आग्रह गर्दै भन्नुभयो, “निर्वाचनको परिणाम आएपछि पनि प्रतिस्पर्धी साथीहरुबीच रहेको सद्भाव र एकता पूर्ववत् रहनुपर्छ ।”

नेपाली कांग्रेसको १४ महाधिवेशनका क्रममा आज देशभरका ४६ जिल्लामा प्रदेशसभा क्षेत्रीय अधिवेशन हुँदैछ । महाधिवेशनका क्रममा मङ्सिर ६ गते प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एक मात्र निर्वाचन क्षेत्र भएका जिल्लामा जिल्ला अधिवेशन हुँदैछ । एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाहरुको जिल्ला अधिवेशन मङ्सिर १० गते हुँदैछ भने प्रदेश अधिवेशन मङ्सिर १६ र १७ गते हुँदैछ ।

केही हिमाली जिल्लाहरुमा जिल्ला अधिवेशन सम्पन्न भइसकेको छ । नेपाली कांग्रेसको १४औँ केन्द्रीय महाधिवेशन यही मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौँमा हुँदैछ ।रासस

Related News

पत्रकार सम्मेलन गर्दै रास्वपाका तीन उम्मेदवार
पत्रकार सम्मेलन गर्दै रास्वपाका तीन उम्मेदवार
  • २०७८ मंसिर ३, शुक्रबार १६:५८ गते

काठमाडौ, आसन्न प्रतिनिधिसभा उपनिर्वाचनमा उम्मेदवारी घोषणा गरेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तीनजना उम्मेदवारले आज पत्रकार सम्मेलनको आयोजना गर्दैछन् । १०...

कर्णालीका मुख्यमन्त्री शर्माले पाए विश्वासको मत, एमालेको पनि साथ
कर्णालीका मुख्यमन्त्री शर्माले पाए विश्वासको मत, एमालेको पनि साथ
  • २०७८ मंसिर ३, शुक्रबार १६:५८ गते

सुर्खेत, कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले दोस्रो पटक विश्वासको मत पाएका छन्। मुख्यमन्त्री शर्माले नेपालको संविधान २०७२ को धारा १८८ को...

सरकार मुलभूत रुपमा पूर्ण भयो, अब देशले गति लिन्छः प्रधानमन्त्री दाहाल
सरकार मुलभूत रुपमा पूर्ण भयो, अब देशले गति लिन्छः प्रधानमन्त्री दाहाल
  • २०७८ मंसिर ३, शुक्रबार १६:५८ गते

काठमाडौं, प्रधानमन्त्री पुष्पकमल दाहालले मुलभूत रुपमा सरकार पूर्ण भएकाले अब देशको विकास निर्माणमा गति लिने बताएका छन् । शुक्रबार रिपोर्टस...

TOP