२०८१ बैशाख ८
April 20, 2024, Saturday

नेपाल बार एसोसिएसन परिसरभित्र पसेर कानुन व्यवसायीहरुलाई धम्की दिने दुई जना पक्राउ

नेपाल बार एसोसिएसन परिसरभित्र पसेर कानुन व्यवसायीहरुलाई धम्की दिने दुई जना पक्राउ

 काठमाडौं ।  नेपाल बार एसोसिएसन परिसरभित्र पसेर कानुन व्यवसायीहरुलाई धम्की दिने दुई जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा बौद्धका तीर्थ ढकाल र मुलपानीका सीताराम श्रेष्ठ रहेका छन् । अन्य दुई फरार छन् । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले बिहीबार राति बौद्धबाट तीर्थ ढकाल र सिताराम श्रेष्ठलाई पक्राउ गरेको हो ।

बौद्धबाट राति पक्राउ परेका दुबैलाई टेकुस्थित थुनामा राखेर अनुसन्धान जारी राखिएको काठमाडौं प्रवक्ता एसपी रमेश बस्नेतले जानकारी दिए ।

उनीहरुले वकिलहरूलाई आन्दोलन नगर्न, गलत मुद्दा नउठान र जथाभावी नबाेल्न भन्दै धम्की दिएका थिए । उनीहरु मध्येका एकले आन्दोलनलाई निरन्तरता दिए बारभित्रै प्रवेश गरेर पिट्ने धम्कीसमेत दिएका थिए ।

Related News

गण्डकी प्रदेशसभा अनिश्चितकालका लागि स्थगित
गण्डकी प्रदेशसभा अनिश्चितकालका लागि स्थगित
  • २०७८ मंसिर ३, शुक्रबार १०:१८ गते

लेखनाथ, वैशाख ७ गते । गण्डकी प्रदेशसभाको शुक्रबार सुरु भएको अधिवेशन अनिश्चित कालका लागि स्थगित भएको छ । दिउँसो ३ बजेका...

नवनियुक्त महालेखापरीक्षकले लिनुभयो शपथ
नवनियुक्त महालेखापरीक्षकले लिनुभयो शपथ
  • २०७८ मंसिर ३, शुक्रबार १०:१८ गते

काठमाडौं, वैशाख ६ गते। नवनियुक्त महालेखापरीक्षक तोयम रायले पद तथा गोपनीयताको शपथ लिनुभएको छ। बिहीबार राष्ट्रपति कार्यालयमा आयोजित विशेष कार्यक्रममा राष्ट्रपति...

महसुल नतिरेपछि सम्राट सिमेन्टको काटियो विजुली
महसुल नतिरेपछि सम्राट सिमेन्टको काटियो विजुली
  • २०७८ मंसिर ३, शुक्रबार १०:१८ गते

घोराही, वैशाख ५ गते। दाङको सतबरियामा रहेको सम्राट सिमेन्ट उद्योगले विद्युत महसुल नबुझाएपछि बिजुली काटिएको छ। सम्राट सिमेन्ट उद्योगले करिब ६...

TOP