काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै आन्दोलनरत कानुन व्यवसायीले गृहमन्त्री बालकृष्ण खाँणको पनि राजीनामा मागेका छन् ।
सर्वोच्च परिसरमा दंगा प्रहरी परिचालन गरिएको र शान्तिपूर्ण आन्दोलनमा बल प्रयोग गरेको विरोधमा कानून व्यवसायीहरुले गृहमन्त्रीको राजीनामा मागेका हुन् ।
उनीहरूले आज गृहमन्त्री बालकृष्ण खाँणविरुद्ध नाराबाजी गरेका छन् । उनीहरूले प्रधानन्यायाधीशकाे राजीनामा माग्दै नाराबाजी गरिरहेका हुन् ।
‘हामी अरु जान्दैनाैँ, चोलेन्द्रलाई मान्दैनौँ’ लगायतका नारा कानुन व्यवसायीहरूले लगाइरहेका छन् । १४ कात्तिकदेखि धर्ना दिन सुरु गरेकाे बारले २६ कात्तिकदेखि जबरालाई सर्वाेच्च छिर्न नदिने भन्दै मूल गेटमा बाटाे छेकिरहेकाे छ । बारले मूल बाटाे छेकेपछि प्रधानन्यायाधीश जबरा वैकल्पिक बाटाे भएर सर्वाेच्च छिर्ने गरेका छन् ।
काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो ५ वर्ष कार्यकालमा न निदाइकन कान गर्ने बताएका छन् । उनले आफ्नो...
काठमाडौं । प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धानमा जागिर लगाइदिने भन्दै लाखौँ पैसा ठगी गरिएको कुरा खुल्न आएको छ । बारा...
काठमाडौं । ठेकेदार राज कुमार तामाङले मजदुरको पारिश्रमिक रकम नदिई फरार भएपछि गुनासो गर्दै पीडित हाम्रो मिडियामा आएका छन् ।...