काठमाडौं । नेपाल प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री इन्टरपोलको ८९औं महासभामा सहभागी हुन आइतबार टर्की प्रस्थान गरेका छन् ।
महासभा यही मंसिर ७ देखि ९ गतेसम्म चल्नेछ ।
इन्टरपोलको नेसनल सेन्ट्रल ब्युरो नेपालका प्रमुख समेत रहेका प्रहरी महानिरीक्षक थापासँगै महासभामा भाग लिन प्रहरी अतिरिक्त महानिरीक्षक प्रद्युम्नकुमार कार्की र प्रहरी उपरीक्षक सविन प्रधान पनि त्यसर्फ प्रस्थान गरेका छन् ।
सभामा १ सय ९४ इन्टरपोल सदस्य राष्ट्रका प्रहरी अधिकारी सहभागी हुने तथा सदस्य राष्ट्रहरूले वार्षिक प्रतिवेदन पेस गर्ने, इन्टरपोल अध्यक्ष तथा कार्यकारिणी समितिका विभिन्न पदाधिकारीहरूको निर्वाचन हुने र नयाँ सदस्यताका लागि आवेदन गर्ने देशका लागि मतदानद्वारा निर्वाचन हुने र विभिन्न देशबीच विविध विषयमा द्विपक्षीय छलफल तथा निर्णय हुनेलगायतका कार्यक्रम छन् ।
काठमाडौ, क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको जबरजस्ती करणीको मुद्दामा अन्तिम सुनुवाइका लागि आज (सोमबार)का लागि पेशी तोकिएको छ। जिल्ला अदालत काठमाडौंमा...
काठमाडौ, नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको हो । मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक मंगलबार बिहान ९ बजेका लागि...
काठमाडौं, मन्त्रिपरिषद् विस्तारमा सकस देखिएको छ । विश्वासको मत लिएको ८ दिन वितिसक्दा पनि प्रधामन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् विस्तार गर्न...