२०७९ चैत्र १०
March 24, 2023, Friday

म्यानमारलाई चीनद्धारा कोरोना विरुद्धको खोप सहयोग

म्यानमारलाई चीनद्धारा कोरोना विरुद्धको खोप सहयोग

काठमाडौं ।  म्यानमारलाई चीन सरकारले कोरोनाविरुद्धको खोप सहयोग गरेको छ । पछिल्लो पटक यहाँ १० लाख मात्रा यो खोप पठाएको बताइएको छ ।

म्यानमारको सूचना मन्त्रालयले सो कुराको सूचना दिएको छ । चीन सरकारले अनुदानमा दिएको सो खोप शनिबार म्यानमारको यांगुन पुगेको सो मन्त्रालयले जानकारी दिएको छ । यहाँ पछिल्लो पटक कोरोनाको प्रभाव पहिलेको भन्दा केही बढेको देखिएको अधिकारीहरुले जनाएका छन् ।

म्यानमार सरकारले यहाँ एक करोड भन्दा बढी व्यक्तिलाई कोरोना विरुद्धको खोपको पूर्ण मात्रा दिइएको छ । सूचना मन्त्रालयले शनिबार प्रकाशन गरेको विज्ञप्तिमा यहाँका १ करोड ३ लाख नागरिकलाई यो खोप दिइसकिएको छ । यहाँ शनिबार ६२५ जनामा कोरोना संक्रमण भएको बताइएको छ । यो समेतगरी यहाँ पाँच लाख १७ हजार ३९५ जनामा यो भाइरसको संक्रमण देखिएको छ । यहाँ गएको २४ घन्टामा २४ जनाको यो संक्रमणबाट निधन भएको छ । यहाँ यो भाइरसबाट अहिलेसम्ममा १९ हजार भन्दा बढीको ज्यान गएको बताइएको छ ।रासस

Related News

मानहानी मुद्दामा दोषी ठहर भएका राहुल गान्धीको सांसद पद पनि गयो
मानहानी मुद्दामा दोषी ठहर भएका राहुल गान्धीको सांसद पद पनि गयो
  • २०७८ मंसिर ५, आईतवार १४:१५ गते

एजेन्सी, भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धीको सांसद पद गएको छ । चार वर्ष पुरानो मानहानि मुद्दामा दोषी ठहर भएको...

आपराधिक मानहानी मुद्दामा राहुल गान्धीलाई दुई वर्षको जेल सजाय
आपराधिक मानहानी मुद्दामा राहुल गान्धीलाई दुई वर्षको जेल सजाय
  • २०७८ मंसिर ५, आईतवार १४:१५ गते

एजेन्सी, सुरतको तल्लो अदालतले आपराधिक मानहानि मुद्दामा कांग्रेस नेता राहुल गान्धीलाई दुई वर्षको जेल सजाय सुनाएको छ । सन् २०१९...

अफगानिस्तानमा ६ दशमलव ६ म्याग्नेच्युटको भूकम्प
अफगानिस्तानमा ६ दशमलव ६ म्याग्नेच्युटको भूकम्प
  • २०७८ मंसिर ५, आईतवार १४:१५ गते

एजेन्सी, अफगानिस्तानको फैजावाद केन्द्रबिन्दू भएर शक्तिशाली भूकम्प गएको छ । ६ दशमलव ६ रेक्टर स्केलको भूकम्पको धक्का भारतको राजधानी नयाँ...

TOP