२०८० आश्विन ५
September 22, 2023, Friday

सर्वोच्चमा तोकियो सबै मुद्दामा पेसी

सर्वोच्चमा तोकियो सबै मुद्दामा पेसी

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बन्दीप्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोक्नुभएको छ ।उहाँले आज १०  संयुक्त र  एकल इजलासमा ३३४ मुद्दामा पेसी तोक्नुभएको हो । उहाँले आफ्ना लागि भने कुनै पनि पेसी तोक्नुभएको छैन । मुद्दामा सुनुवाइका लागि पेसी तोकिएको भए तापनि अहिलेसम्म सुनुवाइ भने प्रारम्भ भएको छैन ।

प्रधानन्यायाधीश जबरासहित सर्वोच्चका सम्पूर्ण न्यायाधीशको बिहीबारको पूर्ण बैठक ९फूलकोट० ले गोला प्रणालीसहित नियमावली पास गर्ने निर्णय गरेको थियो । उक्त निर्णयपछि न्यायाधीश इजलासमा बसेर न्यायसम्पादन कार्यमा लाग्नुभएको छ ।
 
गत कात्तिक ७ गते आइतबार मध्याह्नदेखि न्यायालय सुधारको माग राख्दै न्यायाधीशले इजलासमा बस्न इन्कार गर्नुभएको थियो । सर्वोच्चमा गत कात्तिक ८ गतेदेखि मुद्दाको सुनुवाइ हुन सकेको छैन । बीचबीचमा बन्दीको मुद्दामा मात्र सुनुवाइ भएको थियो भने गोला प्रणाली लागू गर्ने निर्णय भएपछि न्यायाधीश काममा फर्किनुभएको छ । अदालतमा मुद्दाको चापअनुसार नियमितरुपमा बेञ्च बस्न नसक्दा न्यायका पर्खाइमा बसेका सेवाग्राही मर्कामा परेका थिए ।

Related News

नेकपा (एकीकृत समाजवादी)को बैठक स्थगित
नेकपा (एकीकृत समाजवादी)को बैठक स्थगित
  • २०७८ मंसिर ५, आईतवार १२:०२ गते

नेकपा (एकीकृत समाजवादी) को ६७ औँ सचिवालय बैठक स्थगित गरिएको छ । आज पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने भनिएको उक्त...

टीकापुर घटनाका संलग्न व्यक्ति बाल सुधार गृहबाट रिहा
टीकापुर घटनाका संलग्न व्यक्ति बाल सुधार गृहबाट रिहा
  • २०७८ मंसिर ५, आईतवार १२:०२ गते

टीकापुर घटनामा संलग्न रहेका व्यक्ति पोखरा बाल सुधार गृहबाट रिहा भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलबाट संविधान दिवसको अवसरमा फौजदारी...

राजस्व संकलन भद्रगोल र लुटकारी भएको भन्दै आजपा सडक संघर्षमा
राजस्व संकलन भद्रगोल र लुटकारी भएको भन्दै आजपा सडक संघर्षमा
  • २०७८ मंसिर ५, आईतवार १२:०२ गते

काठमाडौं । आम जनता पार्टी (आजपा) ले भन्सार नियमावलीमा रहेको ४५ प्रतिशत कथित पुरुस्कारको ब्यवस्था खारेजको माग गरेको छ ।...

TOP