काठमाडौं । सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु ९३ हजार ७०० तोकिएको छ ।
अघिल्लो दिन प्रतितोला रु ९४ हजार ४०० मा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला रु ७०० ले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९३ हजार २०० कायम भएको छ जसको मूल्य गत शुक्रबार प्रतितोला रु ९३ हजार ९०० तोकिएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १५ले घटेर रु एक हजार २६० तोकिएको महासङ्घले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८४६ डलर आसपास कारोबार भइरहेको छ ।
काठमाडौं- सार्वजनिक यातायातमा चढ्दा वित्तीकै २५ रुपैयाँ तिर्नु पर्ने अवस्था आएको छ । सकारले डिजेलको भाउ बढाएपछि सार्वजनिक यातायातका साधनको...
काभ्रे- जिल्लाको पनौती नगरपालिकाले आज (मंगलबार) सार्वजनिक बिदा दिएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै नगरपालिका क्षेत्र भित्र प्रत्येक वर्ष...
काठमाडौँ- आगामी हप्तादेखि सेयर बजार अब सातामा छ दिन खुल्ने भएको छ । प्रत्येक दिन बिहान ११ बजेदेखि अपराह्न ३...