नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसलाई बलिायो बनाउन पार्टीलाई विधिसम्मत ढङ्गले सञ्चालन गर्नुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस जिल्ला कार्यसमिति काठमाडौँको १४औँ अधिवेशनको आज उद्घाटन गर्दै उहाँले कांग्रेस बलियो भएमात्र लोकतन्त्र बलियो हुने उल्लेख गर्नुभयो ।
विधान, नीति, नियमलाई सँगै लिएर पार्टी सञ्चालन गर्नका लागि नेतृत्व परिवर्तन हुन जरुरी रहेको नेता सिंहले बताउनुभयो । संविधान निर्माणको नेतृत्व गरेको दलले निर्वाचनमा भोट माग्न जाँदा पराजित हुनु दुःखद् क्षण भएको उहाँको भनाइ थियो ।
कांग्रेस केन्द्रीय सदस्य गगनकुमार थापाले पार्टीको १४औँ महाधिवेशनले नयाँ नेतृत्वलाई अगाडि बढाउनुपर्ने बताउनुभयो । कांग्रेसलाई बलियो बनाए संविधान र लोकतन्त्र बलियो हुने उहाँको भनाइ थियो । कांग्रेस काठमाडौँका सभापति कृष्ण ९सबुज० बानियाँले आफ्नो पाँच वर्षे कार्यकाल सम्पन्न गर्न कांग्रेस काठमाडौँका नेता तथा कार्यकर्ताको महत्वपूर्ण साथ सहयोग रहेको भन्दै सबैलाई धन्यवाद दिनुभयो ।
कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य किरण गिरी, सांसद भीमसेनदास प्रधान, राजेन्द्रकुमार केसीलगायतको सहभागिता थियो ।
नेकपा (एकीकृत समाजवादी) को ६७ औँ सचिवालय बैठक स्थगित गरिएको छ । आज पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने भनिएको उक्त...
टीकापुर घटनामा संलग्न रहेका व्यक्ति पोखरा बाल सुधार गृहबाट रिहा भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलबाट संविधान दिवसको अवसरमा फौजदारी...
काठमाडौं । आम जनता पार्टी (आजपा) ले भन्सार नियमावलीमा रहेको ४५ प्रतिशत कथित पुरुस्कारको ब्यवस्था खारेजको माग गरेको छ ।...