२०७९ चैत्र १८
April 1, 2023, Saturday

फोटोसहितको मतदाता नामावली : ‘कोही नछुटुन्, कोही नदोहोरिउन्’

फोटोसहितको मतदाता नामावली : ‘कोही नछुटुन्, कोही नदोहोरिउन्’

काठमाडौं । जिल्ला निर्वाचन कार्यालयले आसन्न सङ्घ, प्रदेश र स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै दुई चरणमा फोटोसहितको मतदाता नामावली सङ्कलन गर्ने तयारी गरेको छ । आगामी निर्वाचनलाई लक्षित गर्दै जिल्लाका दशवटै स्थानीय तहमा टोली परिचालन गरेर पहिलो चरणमा यही मङ्सिर–१७ देखि २६ गतेसम्म र दोस्रो चरणमा मङ्सिर–२९ देखि आगामी पुस–९ गतेसम्म फोटोसहितको मतदाता नामावली सङ्कलन गर्ने तयारी गरिएको हो । 

पहिलो चरणमा केपिलासगढी, रावाबेँसी, साकेला र जन्तेढुङ्गा गाउँपालिकामा  नामावली सङ्कलन गरिने जनाइएको छ । यस्तै, दास्रोचरणमा तुवाचुङ नगरपालिका,ऐसेलुखर्क ,हलेसी दिप्रुङ चुइचुम्मा र बराहपोखरी गाउँपालिकामा नामावली सङ्कलनको काम गरिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। मतदाता नामावली सङ्कलन खटिने कर्मचारी यही मङ्सिर–१३ र १४ गते छनोट गरिने जनाइएको छ । 

यसका लागि कार्यालयले आइतबार दिक्तेलमा मतदाता नामावली सङ्कलन विशेष कार्यक्रम २०७८ को सन्दर्भमा जिल्लास्थित सरोकारवालासँग अन्तक्र्रिया कार्यक्रम गरेको छ । 

निर्वाचन आयोगले निर्धारण गरेको कार्य तालिकाअनुसार जिल्लामा पनि ‘कोही नछुटुन्, कोही नदोहोरिउन्’ भन्ने नारासहित फोटोसहितको मतदाता नामावली सङ्कलन अभियान सञ्चालन गर्ने तयारी गरिएको कार्यालयका नायब सुब्बा लोकेन्द्रकुमार राईले बताउनुभयो । “फोटोसहितको मतदाता नामावली सङ्कलन गर्न प्रत्येक पालिकामा चार÷चार जना कर्मचारी खटाइनेछ”, उहाँले भन्नुभयो, “जिल्ला प्रशासन कार्यालय रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र इलाका प्रशासन कार्यालय रहेको खोटेहाङ गाउँपालिकामा भने त्यहीबाट नियमितरुपमा फोटोसहितको मतदाता नामावली सङ्कलन भइरहेको छ ।”

 नामावली सङ्कलनका लागि दर्ता कर्मचारी, दर्तास्थल व्यवस्थापक, सहायक दर्ता कर्मचारी र दर्तास्थल सहयोगी रहने व्यवस्था मिलाइएको जनाइएको छ । सम्बन्धित पालिकाको तीन र जिल्ला निर्वाचन कार्यालयबाट एकजना कर्मचारी खटाउने तयारी गरिएको नायब सुब्बा राईले जानकारी दिनुभयो । 

 नामावली दर्ताका लागि १८ वर्ष पुगेका नागरिकले नागरिकताको सक्कल र प्रतिलिपिसहित तोकिएको स्थानमा पुग्नुपर्ने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । तोकिएको समय अवधिभित्र अन्य जिल्लाका नागरिकले पनि जिल्ला निर्वाचन कार्यालय खोटाङमा पुगेर फोटोसहितको मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्न सक्ने नायब सुब्बा राईले जानकारी दिनुभयो । 

 दश स्थानीय तह रहेको जिल्लामा विसं २०७४ को निर्वाचनमा एक लाख १८ हजार ३६ जना मतदाता रहेका थिए । गत जेठसम्मको तथ्याङ्क हेर्दा जिल्लामा पछिल्लो चार वर्षको अवधिमा बढेर महिला ६४ हजार ३०२ र पुरुष ६९ हजार ४९४ गरी जम्मा एक लाख ३४ हजार ९६ जना पुगेको छ ।  स्थानीय तहको निर्वाचन मिति नजिकिएसँगै जिल्लामा नागरिकहरु स्वतःस्फूर्तरुपमा फोटोसहितको मतदाता नामावली सङ्कलनको काम गरिरहेका छन् । जिल्लास्थित राजनीतिक दलका नेता तथा कार्यकर्ताले पनि मतदाता नामावली दर्ता गराउन आह्वान गरिरहेका छन् ।  

स्थानीय तह निर्वाचन ऐनअनुसार २०७४ मा निर्वाचित स्थानीय तहका जनप्रतिनिधिको पदावधि सकिनुभन्दा दुई महिनाअघि निर्वाचन गरिसक्नुपर्ने हुन्छ । स्थानीय तहका जनप्रतिनिधिको पदावधि आगामी जेठमा सकिँदै छ । रासस

Related News

प्रधानमन्त्री दाहाल भेट्न बालुवाटार जाँदै आन्दोलनरत मिटरब्याजी पीडित
प्रधानमन्त्री दाहाल भेट्न बालुवाटार जाँदै आन्दोलनरत मिटरब्याजी पीडित
  • २०७८ मंसिर १३, सोमबार १०:०५ गते

काठमाडौ, महोत्तरीबाट ११ दिन हिँडेर काठमाडौँ आई आन्दोलनरत मिटरब्याजी पीडितहरूसँग आज प्रधानमन्त्री पुष्पकमल दाहालले भेटवार्ता गर्दै छन्। न्याय खोज्दै काठमाडौँ...

देशका विभिन्न स्थानमा वर्षा जारी, चट्याङ र हावाहुरीबाट बच्न मौसम बिभागको अनुरोध
देशका विभिन्न स्थानमा वर्षा जारी, चट्याङ र हावाहुरीबाट बच्न मौसम बिभागको अनुरोध
  • २०७८ मंसिर १३, सोमबार १०:०५ गते

काठमाडौ, आज (शनिबार) पनि देशभर मौसम बदली भएको छ भने देशका विभिन्न स्थानमा वर्षा जारी छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद्...

पत्रकार सम्मेलन गर्दै रास्वपाका तीन उम्मेदवार
पत्रकार सम्मेलन गर्दै रास्वपाका तीन उम्मेदवार
  • २०७८ मंसिर १३, सोमबार १०:०५ गते

काठमाडौ, आसन्न प्रतिनिधिसभा उपनिर्वाचनमा उम्मेदवारी घोषणा गरेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तीनजना उम्मेदवारले आज पत्रकार सम्मेलनको आयोजना गर्दैछन् । १०...

TOP