चितवन । नेकपा (एमाले) को दसौं महाधिवेशनबाट नयाँ नेतृत्व छान्न मतदान सकिएको छ। चितवनको सौराहास्थित होटल सेभेन स्टारमा भएको मतदानमा २ हजार १ सय ५३ जना महाधिवेशन प्रतिनिधिले मत हालेका छन्।
बिहान ४ बजेदेखि सुरु भएको मतदान भर्खर सकिएको हो ।
चितवनको सौराहमा आयोजित नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा अध्यक्षसहित केही पदाधिकारी र केन्द्रीय सदस्यहरू चयनका लागि निर्वाचन भएको हो । सबैभन्दा पहिले अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले मतदान सुरु गरेका थिए । अध्यक्षमा ओली र भीम रावल उम्मेदवार छन् ।
बन्दसत्रबाट केन्द्रीय कमिटी घोषणा गर्ने सर्वाधिकार पाएका अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीले घोषणा गरेको सूचीप्रति केही नेतासँगै प्रतिनिधि सन्तुष्ट नभएपछि चुनावी प्रक्रिया सुरु भएको थियो ।
हेटौंडा, बागमती प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । प्रदेश सभालाई सम्बोधन गर्दै नेकपा एमाले संसदीय दलका नेता एवं आर्थिक...
काठमाडौं, जनसंख्याको वितरणमा तराई क्षेत्रको हिस्सा बढ्दै जाँदा पहाड र हिमालको जनसंख्या भने खुम्चँदै गएको छ । आज शुक्रबार सार्वजनिक...
पोखरा, गण्डकी प्रदेश सरकारको मुख्य साझेदार नेकपा माओवादी केन्द्रले एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। समर्थन फिर्तासँगै दुई...