२०८० जेष्ठ २२
June 5, 2023, Monday

विमानस्थलको जग्गा अधिग्रहणको काम अघि बढाउन मन्त्री आलेको निर्देशन

विमानस्थलको जग्गा अधिग्रहणको काम अघि बढाउन मन्त्री आलेको निर्देशन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री पे्रमबहादुर आलेले धनगढी विमानस्थलको धावन मार्गका लागि चाहिने जग्गा अधिग्रहणको काम तत्काल अघि बढाउन निर्देशन दिनुभएको छ । धनगढी विमानस्थलको सोमबार निरीक्षण गर्दै उहाँले आवश्यक जग्गा अधिग्रहणको प्रक्रियासहितको फाइल तत्काल मन्त्रालयमा पेश गर्न निर्देशन दिनुभएको हो ।

निरीक्षणकै क्रममा मन्त्री आलेले विमनस्थलमा रहेका पुराना भौतिक संरचनादेखि अन्य नयाँ निर्माण गर्नुपर्ने संरचनाका विषयमा पनि लेखेर पठाउन निर्देशन दिनुभएको विमानस्थलका प्रमुख रामकृृष्ण भट्टले बताउनुभयो । उहाँले भन्नुभयो, “मन्त्रीले विमानस्थलको धावनमार्गदेखि अन्य संरचना निर्माणका लागि चाहिने जग्गा अधिग्रहणको काम अघि बढाउन निर्देशन दिनुभएको छ, नागरिक उड्डयन प्राधिकरणले सो विषयका सबै फाइल तयार गरी केही दिनमा मन्त्रालयमा पेश गर्नेछ ।”

धनगढी विमानस्थल विस्तारका लागि कूल ३११ बिघा जग्गा आवश्यक छ । यसका लागि २२८ बिघा जग्गा अधिग्रहण गर्नुपर्ने नेपाल नागरिक उड्डयन प्राधिकरण कार्यालय धनगढीले जनाएको छ । अहिले विमानस्थलसँग कूल ८३ बिघा जग्गा छ । क्षेत्रीयस्तरको विमानस्थल निर्माणका लागि जग्गा अधिग्रहणको काम गर्न थालिएको हो । सोही क्रममा मन्त्री आलेले विमानस्थलमा यात्रुलाई राख्ने ठाउँ साघुँरो भएकाले त्यसलाई फराकिलो बनाउन निर्देशन दिनुभयो । पहाडी जिल्लामा हवाइ उडान सुरु भएकाले यात्रुको चाप बढेको छ । विमानस्थलमा यात्रु बस्ने ठाउँ अभाव भएको छ ।

Related News

राष्ट्रपतिद्वारा विभिन्न देशका लागि राजदूत नियुक्त
राष्ट्रपतिद्वारा विभिन्न देशका लागि राजदूत नियुक्त
  • २०७८ मंसिर १४, मंगलवार १०:४७ गते

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानबमोजिम विभिन्न मुलुकका लागि राजदूत नियुक्त गरेका छन् । राष्ट्रपतिले विभिन्न देशका लागि छ आवासीय राजदूत...

भुटानी शरणार्थी प्रकरण आजदेखि थुनछेक बहस शुरु, पुर्पक्षमा पठाउने नपठाउने निर्णय हुने
भुटानी शरणार्थी प्रकरण आजदेखि थुनछेक बहस शुरु, पुर्पक्षमा पठाउने नपठाउने निर्णय हुने
  • २०७८ मंसिर १४, मंगलवार १०:४७ गते

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका आरोपीमाथिको थुनछेक बहस आजवाट शुरु हुँदैछ । हालसम्म पक्राउ परेका सबै १८ जनाको बयान सम्पन्न...

इन्दौरमा प्रधानमन्त्री प्रचण्डलाई स्वागत गर्न ‘रेड कार्पेट’ राखियो
इन्दौरमा प्रधानमन्त्री प्रचण्डलाई स्वागत गर्न ‘रेड कार्पेट’ राखियो
  • २०७८ मंसिर १४, मंगलवार १०:४७ गते

भारतको चारदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार इन्दौरमा भव्य स्वागत गर्ने तयारी गरिएको छ । विशेष विमानमार्फत...

TOP