२०७९ मंसिर १२
November 28, 2022, Monday

हुम्लामा हेलिकोप्टरमा खाद्यान्न ढुवानी

हुम्लामा हेलिकोप्टरमा खाद्यान्न ढुवानी

काठमाडौं । उत्तरी नाम्खा गाउँपालिका–६ लिमीमा ७८ क्विन्टल खाद्यान्न ढुवानी गरिएको छ । नेपाली सेनाको हेलिकोप्टरबाट खाद्यान्न अभाव भएको लिमीमा सोमबारदेखि खाद्यान्न ढुवानी थालिएको हो ।

प्रमुख जिल्ला अधिकारी गणेश आर्चायका अनुसार चीनसँग जोडिएको हिल्सा नाका दुई वर्षदेखि बन्द रहनुका साथै लिमीका लागि खाद्यान्न ढुवानी नभएपछि यहाँ भोकमारीको खतरा देखिएको थियो । हेलिकोप्टरमा सिमकोट र हिल्साबाट खाद्यान्न लिमी पु¥याइएको हो । लिमीका लागि ५०२ क्विन्टल खाद्यान्न ढुवानी गरिने बताइएको छ ।

पुनः आज सिमकोट र हिल्साको खाद्यान्न ढुवानी गरिने प्रजिअ आचार्यले जानकारी दिनुभयो । लिमी, हल्जी, तील, जाङ र हल्जीमा ढुवानी गरिएको खाद्यान्न वितरण गरिने वडाध्यक्ष पाल्जोर तामाङले बताउनुभयो । खाद्यान्न अभाव भएपछि स्थानीय प्रशासनलाई गुहार्न लिमीबाट २७ सदस्यीय टोली सिमकोट आइपुगेको थियो । खाद्यान्न ढुवानीका लागि पहल गर्न सङ्घीय सांसद् रङ्गमती शाही लिमी पुग्नुभएको थियो ।

Related News

जनकपुरमा विवाहपञ्चमी महोत्सव सुरु, प्रतिनिधि र प्रदेशसभाको निर्वाचनले महोत्सव ओझेलमा
जनकपुरमा विवाहपञ्चमी महोत्सव सुरु, प्रतिनिधि र प्रदेशसभाको निर्वाचनले महोत्सव ओझेलमा
  • २०७८ मंसिर १४, मंगलवार १०:०८ गते

जनकपुरधाम, विवाहपञ्चमी आउनुभन्दा एक साता अगाडीदेखि नै जनकपुरधाममा रामजानकी विवाहपञ्चमीको तयारी सुरु हुने गर्छ। पछिल्ला २/३ वर्षदेखि कोरोनाको संक्रमणको भयका...

बिदाइ भए प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि भर्ना गरिएका म्यादी प्रहरी
बिदाइ भए प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि भर्ना गरिएका म्यादी प्रहरी
  • २०७८ मंसिर १४, मंगलवार १०:०८ गते

काठमाडौ, प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि भर्ना गरिएको म्यादी प्रहरीको बिदाइ गरिएको छ । चुनाव सकिएसँगै नतिजा पनि आइसकेकोले म्यादी...

चुनावमा कलाकारको कन्तबिजोग
चुनावमा कलाकारको कन्तबिजोग
  • २०७८ मंसिर १४, मंगलवार १०:०८ गते

काठमाडौ, निर्वाचन घोषणा गरेसँगै थुप्रै कलाकारको राजनीतिक यात्राबारे चर्चा भयो। चर्चा भएका कतिले दलको टिकट पाए, केही स्वतन्त्र उम्मेदवारका रूपमा...

TOP